राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन सुरु
भालुवाङ ६ माघ । दाङ देउखुरीकाे राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन आइतबारदेखि पालिकाको सभाहलमा मसुरीयामा सुरु भएको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन शुरु भएको हाे। अधिवेशनकाे पहिलो बैठकले आर्थिक विकास समितिका संयाेजक गेमे खड्काले प्रस्तुत गरेकाे “गाउँपालिकाको आर्थिक ऐन २०८१” को संशोधित प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको पालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिएका छन्। त्यस्तै सभाको शून्य समयमा गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी, गाउँसभा सदस्य वीर बहादुर चाैधरी, दिपक कुमार चाैधरी, भुपलाल थापा मगर र बलिराम चाैधरीले जनजीविकाका विविध विषयमा आफ्ना धारणा तथा जिज्ञासाहरु राखेका थिए ।
अधिवेशनको दाेस्राे बैठक पुन माघ २२ गते बस्ने गरि स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचिव नेव बहादुर वलीले जानकारी दिएका छन्।