सिसहनियाँ महोत्सवमा माघ ७ गते आशाका किरण संस्थाले रक्तदान कार्यक्रम राख्दै
सिसहनियाँ ६ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका–५ कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सवमा माघ ७ गते रक्तदान कार्यक्रम हुने भएको छ ।
सिसहनियाँ उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवमा राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले रक्तदान जिवन दान भन्ने मुल नाराका साथ खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा संस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । मध्यान्न १२ बजे देखि सुरु हुने कार्यक्रममा महोत्सव अवलोकन गर्न आउने सम्पुर्ण दर्शकहरुलाई रक्तदान गरि सहयोग गरिदिन संस्थाका महासचिव लोकमणी भुसालले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्