शान्ति सामुदायिक वनकाे २२ औं वार्षिक साधारणसभा : वन संरक्षणमा ध्यान दिन सुझाव



शान्ति सामुदायिक वनकाे २२ औं वार्षिक साधारणसभा : वन संरक्षणमा ध्यान दिन सुझाव

भालुवाङ २७ पुस । दाङको राप्ती गाउँपालिका –४ स्थित  शान्ति सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारणसभा शनिबार सुन्दरपुरमा सम्पन्न भएको छ ।

समुहका अध्यक्ष रोशन चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरुले वन संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । वनलाई कस्तो बनाउने भन्ने जिम्मा उपभोक्ताहरुको भएकाले वनमा प्रवेश गर्दा निषेधित कुराहरु काट्न नहुने बताएका थिए । सभामा वार्षिक प्रतिवेदन सचिव जानका गोराथोकी र आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष शिला चाैधरीले प्रस्तुत गरेका थिए ।

समूहका उपाध्यक्ष जिवराज वलीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती सव डिभिजन वन कार्यालय मसुरीयाका फरेस्टर दामोदर डाँगी र  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका सचिव जानका गोराथोकीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे