रेडक्रस धरमपानी उपशाखाको साधारण सभा : विपन्न विद्यार्थीहरुलाई शैेक्षिक सामाग्री वितरण
प्युठान २८ पुस । नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाको २१ औं साधारण सभा आइतवार मल्लरानी ३ धरमपानीमा सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा मल्लरानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष नोमराज पौडेलले आफ्ना बुवा आमाको नाममा स्थापना गरेको केशवराज बेला कुमारी अक्षकोषबाट आएको ब्याजले ४ जना विपन्न विधार्थीहरुलाई शैेक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाका सभापति मोती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएर वडाध्यक्ष पौडेलले आफै शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
वडाध्यक्ष पौडेलले मल्लरानी गाउँपालिका वडा नं. ३ को वडाध्यक्ष भएपछि पहिलो महिनाको पारिश्रमिकबाट आफ्ना बुबाआमाको नाममा अक्षकोष स्थापना गरेको अक्षकोषबाट आएको ब्याजले शैक्षिक सामाग्री वितरण गरेको नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाका सचिव गोविन्द अधिकारीले जानकारी दिए । कार्यक्रममा बिशेष अतिथि रहेका नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री दामोदर शर्माले उपशाखालाई व्यवस्थित रुपमा सञ्चालन गरी सामाजिक कार्यमा क्रियाशिल रहन आग्रह गरेका छन् । साथै उनले अक्षकोषदाता पौडेल परिवारलाई ध्न्यवाद दिएका छन् । वडाध्यक्ष पौडेल विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील छन्।