रामनगर सु-समचार मण्डली भवनकाे शिलान्यास
भालुवाङ २७ पुस । राप्ती गाउँपालिका वडा नम्बर २ रामनगर स्थित सु-समचार मण्डली भवनकाे शुक्रबार शिलान्यास गरिएको छ।
भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले संयुक्तरूपमा शिलान्यास गरेका हुन् । राप्ती गाउँपालिका र २ नम्बर वडा कार्यालयकाे ९ लाख रुपैयाँ र स्थानीय जनसहभागिता बाट लाख ७४ हजार ७ सय ६० रुपैयाँ ८८ पैसा गरि कुल १० लाख ७४ हजार ७ सय ६० रुपैयाँ ८८ पैसा लागतमा भवन निमार्ण गर्न लागिएको हाे।
रामनगर निवासी मण्डलीका पास्टर राजन रायमाझीले नि:शुल्क उपलब्ध गराउनु भएको करिब ७.८ धुर जग्गामा उक्त भवन निर्माण गर्न लागिएको भवन निमार्ण उपभोक्ता समितिका अध्यक्षका पदम बहादुर गुरुङले बताए । भवन शिलान्यास गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले मण्डली भवन निर्माणले स्थानीय समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।