लमही खानेपानीमा मनोनय दर्ता : अध्यक्ष पदमा चार जनाको उम्मेदवारी



लमही खानेपानीमा मनोनय दर्ता : अध्यक्ष पदमा चार जनाको उम्मेदवारी

लमही २३ पुस । दाङकोे लमही खानेपानी सरसफाई तथा उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि मंगलवार मनोनयन दर्ता गरिएको छ ।

नयाँ नेतृत्व चयनका विषयमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा जानु परेको निर्वाचन समितिले बताएको छ । ९ जनाको पदाधिकारी चयनका लागि हुन लागेको चुनावमा अध्यक्ष पदमा ४ जनाको गरी ३० जनाले मनोनय दर्ता गराएका छन् । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिको भनाइ छ । लमही खानेपानी उपभोक्ता समितिको चुनावमा दल सम्बद्ध नेता–कार्यकर्ताको उम्मेदवारी परेको छ । निर्वाचनको अभ्यास सरकारको फेरबदल, संसद र स्थानीय निकायमा ठप्प छ । तर, यहाँ उपभोक्ता समितिमै चुनावी वातावरणले रौनक बढेको छ । यहि पुस २७ गतेका लागि तय गरिएको निर्वाचनका लागि अधिकांश राजनीतिक दलका उम्मेदवार छन् । नेपाली कांग्रेसले राष्ट्रिय जनमोर्चालाई साथमा लिएर संयुक्त लोकतान्त्रिक प्यानल खडा गरेको छ । समितिका अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको लमही खानेपानी निर्वाचन समितिका संयोजक मनिराम केसीले जानकारी दिए ।

संयुक्त लोकतान्त्रिक प्यानले बिनोद कुमार पाण्डेलाई लमही खानेपानीको अध्यक्षको उम्मेदवार बनाएको छ । पाण्डे हालको लमहीका स्थानिय व्यवसायी हुन् । त्यसैगरी प्रगतिशिल प्यानलले सनम कुमार पौडेललाई लमही खानेपानीको अध्यक्षको उम्मेदवार बनाएको छ । पौडेल समितिको पूर्व सचिव समेत हुन् । यस्तै नेकपा (माओवादी केन्द्र)ले स्वतन्त्र श्याम खनालको नेतृत्वमा जनपक्षिय संयुक्त प्यानल खडा गरि चुनावी मैदानमा होमीएको छ । जनपक्षिय संयुक्त प्यानलले श्याम खनाललाई लमही खानेपानीको अध्यक्षको उम्मेदवार बनाएर चुनावी मैदानमा होमीएको हो ।

त्यस्तै स्वतन्त्र बुद्धिमान चौधरीले लमही खानेपानीको अध्यक्षको उम्मेदवारमा मनोनय दर्ता गराउनु भएको हो । संयुक्त लोकतान्त्रिक प्यानलको तर्फबाट उपाध्यक्षमा शिवा चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा हल्लु प्रसाद चौधरी, महिला सदस्यहरुमा चिन्तादेवि चौधरी र बविता खत्री, खुला सदस्यहरुमा छन्दसिंह बस्नेत र गोपाल प्रसाद खनाल, देविराम भण्डारीको उम्मेदवारी परेको छ । त्यसैगरी प्रगतिशिल प्यानलको तर्फबाट उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा सुधिर कुमार रेग्मी, कोषाध्यक्षमा दिनेश आचार्य, महिला सदस्यहरुमा कौशीला काफ्ले (भण्डारी), सितादेवि शाही, खुला सदस्यहरुमा दिनमणी खनाल, कमल नारायण चौधरी, विद्यायादेवि थापाको उम्मेदवारी परेको छ ।

यसैगरी जनपक्षिय संयुक्त प्यानलले उपाध्यक्षमा हुमा कुमारी पाण्डेय (सपना पाण्डेय), सचिवमा ऋषिराज रावत, कोषाध्यक्ष श्यामलाल भण्डारी, महिला सदस्यहरुमा अमृता चौधरी, भागवती चौधरी, खुला सदस्यहरुमा सुरेश कुमार गुप्ता, सुनिल चौधरी र मदनसिंह वलीको उम्मेदवारी परेको हो । यस्तै स्वतन्त्र प्यानलबाट सचिवमा शशिराम नेपाली र कोषाध्यक्षमा ज्याती कुमार चौधरीको उम्मेदवारी परेको छ । स्वतन्त्र प्यानलबाट सचिवमा उम्मेदवारी दिएका नेपालीले विगत लामो समयदेखि विभिन्न संघसंस्थमा रहेर काम गर्दै आएका छन् ।
स्थानिय विकासमा उनको पहल, सहयोग यस ठाउँमा सधैव रहने गर्दछ । समितिले तोकेको निर्वाचन अधिकृत मनिराम केसीले पुस २३ गते दिउँसो १२ बजेदेखि २ बजेसम्म उम्मेदवार उपर दावी विरोध नपरेको जानकारी दिदैँ, पुस २३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरेको, पुस २३ गते ३ ः १५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । उहाँले पुस २७ गते मतदान मिति तोकिएको बताउँदै ४ हजार ९ सय ९८ जना मतदाता रहेको जानकारी दिए ।

पुस २३ गते साझ ४ बजे उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन समितिका संयोजक मनिराम केसीले जानकारी दिए ।
उनले पुस २४ गतेदेखि २६ गते राती १२ बजेसम्म प्रचार प्रचार गर्ने, पुस २७ गते शनिवार विहान ८ बजे देखि साझ ४ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजजिक गरिएको हो । यस्तै पुस २७ गते साझ मतदान पश्चात् मत गणना गरि मत परिणाम घोषण गर्ने कार्यक्रम रहेको छ । लमहीका स्थानिय गोविन्द चौधरीले खानेपानी जस्तो सामाजिक संस्थाको चुनावमा राजनीतिक दलको प्रतिनिधित्व गर्दै भाग लिनु राम्रो नभएको बताए । सामाजिक संघसंस्थालाई राजनीतिक दलहरूको प्रभावबाट मुक्त राख्नुपर्ने भन्दै उनले पछिल्लो समय विद्यालय, सामुदायिक वन, उद्योग वाणिज्य संघ लगायत सामाजिक संस्थामा दलीय प्यानल बनाएर चुनाव लड्ने प्रवृत्ति बढेको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे