लमही खानेपानीमा प्रगतिशिल प्यानलका १२ एजेण्डा



लमही खानेपानीमा प्रगतिशिल प्यानलका १२ एजेण्डा

देउखुरी २४ पुस । झण्डै पाँच हजार उपभोक्तालाई पानी वितरण गरिहरको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयन गर्न यही पुस २७ गते निर्वाचन हुदैछ ।

पदाधिकारी सहित सदस्य चयन गर्न हुन थालेको निर्वाचनमा ‘गुणस्तरीय शुद्ध खानेपानी पु¥्याउने हाम्रो सङ्कल्प, संस्थाको सबलीकरणका लागि प्रगतिशील प्यानलको छैन विकल्प’ मुख्य लक्ष्य बोकेर सनमकुमार पौडेल नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । अहिले उपभोक्ताको घरआगनमा पुगिरहेको प्रगतिशिल प्यानलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

यस्ता छन् प्रगतिशील प्यानलका प्रतिबद्धता

नयाँ धारा जडानमा देखिएको महङ्गीलाई नियन्त्रण गर्नुका साथै उपभोक्तालाई सर्वसुलभ रुपमा पानी उपलब्ध गराईने, समयमै पानीको विल बुझाउने उपभोक्ताले प्राप्त गर्दै आएको सुविधा अन्तर्गतको ५ प्रतिशत रिवेटलाई वर्तमान समितिद्वारा बनाइएको २.५ प्रतिशलाई लाई पुनः ५ प्रतिशत गराइने, छुट्की महरवा तथा कुलमोहर–अर्जुनखोलामा दिनहु देखिने गरेको पानीको समस्यालाई सदाको लागि निर्मुल गर्ने उद्देश्यले लमही–५ स्थित रातोडाँडामा २ लाख पचास हजार लिटर क्षमता भएको ओभरहेड ट्याङ्की निर्माण गरिने उल्लेख छ । यस्तै बढ्दो बस्ती विकास तथा खानेपानीमा देखिएको चुनाको समस्यालाई अत्याधुनिक किसिमको कपर पाइप जडान गरी चुनालाई हदैसम्म निर्मुल गर्नुका साथै अर्जुनखोलाको पानीलाई विशेष प्रविधिका माध्यमले प्रशोधन गरी पिउन योग्य बनाई वितरण गरिने, देउपुर स्थित छुट्की महरवादेखि नमकिन फ्याक्ट्री सम्मका उपभोक्ताहरुको दैनिक खानेपानी समस्याको हल गर्नका लागि उक्त स्थानहरुमा रहेका ५० एमएमका पाईपहरुलाई विस्थापित गरी ६३÷७५ एमएमका पाईपहरुलाई प्रयोगमा ल्याइने, खानेपानीलाई गुणस्तरीय बनाउन समय–समयमा ल्याव टेस्ट गर्नुका साथै केन्द्रीय खानेपानी तथा लमही खानेपानीद्वारा वितरण हुने खानेपानी ट्याङ्कीमा १ थान प्रेसर फिल्टर जडान गरी स्वच्छ पानी दिइने, केन्द्रीय खानेपानी योजना अन्तर्गत मजगाउँका उपभोक्ताहरुलाई योजना प्रारम्भ हुँदा तिन हजार जम्मा गरी रसिद लिनु हुने उपभोक्ताहरुलाई बाँकी रकम सात हजार साय सय ३५ गरी कूल १० हजार सात सय ३५ शुल्क लिई मिटर तथा फेरुला कक सहित जडान गर्ने र तीन हजार रसिद नकाटिएका उपभोक्ताहरुका सन्दर्भमा सामान सहित १३ हजार सात सय ५० शुल्क लिई धारा जडान गरिने, प्रत्येक टोलमा पानी सुरक्षा नामक उपसमिति गठन गरी पानी महशुल निःशुल्क गर्ने कार्यलाई प्रभावकारी तथा जवाफदेही बनाउनका लागि उक्त समितिको सिफारिसमा मात्र अपाङ्गता भएका व्यक्ति, असहाय वा सो सरहका उपभोक्ताहरुलाई पानी महसुल निःशुल्क गरिने, खानेपानी अक्षकोषवाट प्राप्त रकमद्वारा जेष्ठ नागरिक, असहाय, विपन्न वा सो सरहलाई प्रति महिना एक थान धारा निःशुल्क जडान गर्नुका साथै

बढी पानी प्रयोग गर्ने उपभोक्ताका सन्दर्भमा प्रति युनिट बढ्दै जाने महशुल रकम कम गरिने, विविध भत्ता तथा चिया नास्ता खर्च रकमलाई न्यूनीकरण गर्दै आर्थिक मितव्ययीतालाई अवलम्बन गरिने, उपभोक्ता जनगुनासो डेस्क खडा गर्दै आम उपभोक्ताहरुको भावनालाई समेट्नुका साथै सार्वजनिक स्थलमा सार्वजनिक धारा जडान गरिने, बिग्रदो पर्यावरणलाई मध्यनजर गर्दै सरसफाई तथा हरियाली वातावरण निर्माण कार्यलाई अगाडि बढाईने प्रतिबद्धतामा उल्लेख छन् ।

यि हुन उम्मेदवार

प्रगतिशिल प्यानलले अध्यक्षमा युवा समाजसेवी सनमकुमार पौडेललाई अध्यक्षको उम्मेदवार बनाएको छ । उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा सुधिरकुमार रेग्मी, कोषाध्यक्षमा दिनेश आचार्य, सदस्यमा विद्यादेवी थापा, कमलनारायण चौधरी, दिनमणी खनाल, महिला सदस्यमा कौशिला काफ्ले र सीतादेवी शाही रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे