डेनमार्कमा बस्ने प्रमोदले आफ्नो छोराको जन्म दिनमा दिए निलसागरलाई फ्रिज र खाट
सिसहनियाँ २३ पुस । दाङको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँ निवासी हाल डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारीले आफ्नो छोराको जन्म दिनका अवसरमा निलसागर सेवा आश्रममा फ्रिज र खाट सहयोग गरेका छन् ।
छोरा शास्वत अधिकारीको पहिलो जन्म दिनको अवसर पारेर डेनमार्कमा बस्दै आएका प्रमोद अधिकारी र निशा जोशी अधिकारीले पठाएको रकमबाट बुवा थानेश्वर अधिकारी तथा आमा तारादेवी अधिकारीले मंगलवार राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडामा रहेको निलसागर सेवा आश्रमलाई करिव ४० हजार रकम बराबरको १ वटा फ्रिज र १ वटा खाट हस्तान्तरण गरेका छन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै अधिकारी परिवारले जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत सडक मानब आश्रितहरुलाई निलसागर सेवा आश्रममै पुगेर फ्रिज र खाट प्रदान गरेका हुन् ।
जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, हजुरबुवा थानेश्वरले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता अनाथ, असाहयहरु बस्ने आश्रमहरुलाई सहयोग गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि यसरी नै जन्मदिन मनाउन सुझाब दिए । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने अधिकारीले बताए । आश्रममा आएर थोरै भए पनि जन्म दिनको अवसरमा सहयोग गरेकोमा निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले धन्यवाद दिनुका साथै जन्म दिनको शुभकामना दिएका थिए ।