राजधानी केन्द्रित आन्दोलन सफल पार्नको लागि राजमो दाङद्वारा पत्रकार सम्मेलन
कार्यक्रममा राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए । त्यस क्रममा उनले नेपाली काङ्ग्रेस र एमाले सरकार देश, जनता र राष्ट्रियताको पक्षमा नभएको दाबी गरे । उनले भने– ‘देशमा भ्रष्टाचारको मुद्दा बारम्बार उठ्ने गरेको छ, जसले शासनप्रति जनताको विश्वास घटाएको छ ।’ अध्यक्ष नेपालीले सङ्घीयता र जातीय पहिचानका मुद्दाहरूमा सत्ताइतर राजनीतिक दलहरू सीमित भएको बताउनुभयो ।‘यसको कारणले समस्या समाधानभन्दा पनि झनै गहिरो गरी समाजमा विभाजन आउन सक्ने खतरा उत्पन्न भएको छ’ उनले भने ।
कार्यक्रममा राजमो जिल्ला समिति दाङको प्रेसनोट राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्लाका अध्यक्ष गणेश आचार्य प्रस्तुत गरेका थिए । कार्यक्रममा राजमो नेता सुरेश थापा, राजमो दाङका सल्लाहकार मेघराज भट्टराई, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएमलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।