प्याब्सन राप्तीद्वारा निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग



प्याब्सन राप्तीद्वारा निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग

सिसहनियाँ २२ पुस । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) राप्ती गाउँपालिकाले साेमबार निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ।

प्याब्सनले राप्ती गाउँपालिका वडा नम्बर ८ मिलन डाँडामा रहेको आश्रमलाई ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको दाल, चामल, नुन, तेल र चिउरा सहयोग गरेको हो। प्याब्सनको ३४ औं स्थापना दिवसको अवसरमा सडक सहयोगापेक्षी मानवहरूको लागि उक्त खाद्यान्न सहयोग गरिएको प्याब्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिएका छन्। राप्ती गाउँपालिकामा सञ्चालित प्याब्सन अन्तर्गतका ११ वटा निजी विद्यालयहरूबाट रकम संकलन गरि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको उपस्थितिमा उक्त खाद्यान्न आश्रमका कार्यवाहक अध्यक्ष गरिबु थारुलाई हस्तान्तरण गरिएको थियो।

खाद्यान्न सहयोग कार्यक्रममा प्याब्सनका लुम्बिनी प्रदेश सदस्य तेजबहादुर विष्ट, दाङ जिल्ला सदस्य पुष्करदेव चौधरी, प्याब्सन राप्तीका सचिव भेषबहादुर बुढाथोकी, कोषाध्यक्ष इश्वरीप्रसाद भुसाल, समाजसेवी मन्जु विष्ट लगायतको सहभागिता रहेको थियो। आश्रममा हाल ४ महिला सहित २४ जना रहेका छन्। प्याब्सनले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे