गढवाका ४२६ जना गरिव विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी वितरण



गढवाका ४२६ जना गरिव विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी वितरण

गढवा २१ पुस।  दाङ देउखुरीको गढवा गाउँपालिकाका चार सामुदायिक विद्यालयका चार सय भन्दा बढी विपन्न विद्यार्थीलाई आइतबार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ।

जाडो मौसमका समयमा न्यानो कपडा नभएको कारण विद्यालयमा आएर अध्ययन गर्न समस्या हुने तथा घरको आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक उपलब्धिको स्तरलाई उकास्न समस्या भएकाले गाउँपालिकाको सहकार्यमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरेको हाे क्रियटिङ पोसिबिलिटिज नेपालका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिए ।

गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी लगायतको रोहबरमा आयोजित कार्यक्रममा बाल विकास बौराहा १५ जना विद्यार्थी लाई स्टेशनरी तथा जाडोको कपडा वितरण गरिएको छ भने बालबिकाश जेठानगाउँमा २० जनालाई जाडोको न्यानो कपडा वितरण गरिएको छ। त्यसैगरी आदर्श प्राथमिक विद्यालय बडहरामा १३३ जना बालबालिकाहरु लाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । त्यसैगरी आधारभूत विद्यालय बनघुस्रीमा ११६ जनालाई न्यानो कपडा र १२६ जनालाई स्टेशनरी गरी कुल २८५ जनालाई न्यानो कपडा र १४१ जना लाई स्टेशनरी वितरण गरिएको वितरण गरिएको क्रियटिङ पोसिबिलिटिज सिपी नेपालकी सरिता चौधरीले जानकारी दिइन्।

कुल २८५ विद्यार्थीलाई जाडोको कपडा र १४१ विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो। कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारी लगायत अन्य जनप्रतिनिधि, स्थानीय प्रतिनिधिहरू, शिक्षक लगायतकाको उपस्थिति थियो। यस प्रयासले जाडोको समयमा विद्यार्थीहरूको अध्ययन निरन्तरता र शैक्षिक स्तरलाई उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे