इलाका प्रहरी कार्यालय गढवाको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न



इलाका प्रहरी कार्यालय गढवाको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

गढवा १८ पुस । इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा बुधबार गढवामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध स्थापित गर्न ईलाका प्रहरी कार्यालय गढवाले नागरिक सुनुवाइ सञ्चालन गरेको छ जनाएको छ । कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा छलफल भएको थियो । प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले प्रहरी र समुदाय बिचको समन्वय बाट मात्र शान्ति सुरक्षा र अमनचैन कायम हुने बताए । प्रहरीको काममा राजनीतिक हस्तक्षेप भए दोसीहरु उमकने निर्दोष ब्यक्ति फस्ने हुनाले राजनीतिक हस्तक्षेप बन्द गर्नु पर्ने बताए। पछिल्लो समयमा गढवा र राजपुर गाउँपालिकामा लागुऔषध ओसारपसार तथा प्रयोगमा बढोत्तरी भएकोले प्रहरी र समुदायको साझा प्रयासबाट निर्मल पार्न सकिने भन्दै सहयोग गर्न सबैलाई अनुरोध समेत गरे ।ईप्रका गढवाले लागुऔषध, लैङ्गिक हिंसा, बाल तथा बहु बिबाह जस्ता बिषयमा निरन्तर अभियान चलाउनु उदाहरणीय काम भएको बन्दै आगामी दिनमा सचेतनामूलक कार्यक्रम र जनताको हकहितको सवालमा प्रहरीलाई स्थानीय सरकार बाट हरसमभव सहयोग पुग्ने बताए ।

नागरिक सुनुवाई कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमल्सिनाले दाङ जिल्लामा नागरिक र प्रहरी बिचको समन्वय उत्कृष्ट भएको बताए । दाङका नागरिक प्रहरीमैत्री भएको बताउँदै उपरीक्षक तिमल्सिनाले आफु दाङ आएको तिन महिनामा १ सय ३२ जुवातासका केस दर्ता भएको बताए । लागुऔषध ओसारपसारमा दाङ उच्च जोखिममा रहेकोले त्यसलाई न्युनिकरणका लागि आफुले कडाइका साथ अघि बढ्न प्रहरी लाई आदेश दिएको बताए । लागुऔषधको प्रयोग र ओसारपसारलाई नियन्त्रण गर्न घर परिवार छिमेकी शिक्षक संघ संस्था सबैको साथ सहयोग बिना सम्भव नहुने बताए । लागुऔषधमा फसेकालाई सम्झाउनुको बिकल्प नरहेको बताउदै प्रमुखले यातना दिनुको साटो सम्झाइबुझाइ गरेर सुधार गर्न सकिने बताए ।

लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा पछिल्लो समयमा भएको सडक दुर्घटना बढी हुन थालेपछी टाईमकार्ड सुरु गरेको बताउदै सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सक्षम भएतापनि संख्या न्युन् रहेकोले सबै नागरिकको साथ सहयोग र कानुन पालना गर्नु पर्ने बताए। नागरिक सुनुवाई कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाको बारेमा जानकारी दिदै प्रहरी निरीक्षक कालिका कार्कीले यो आर्थिक वर्षमा ४३ वटा मुद्दा दर्ता भएको बताइन् । त्यसैगरी समुदाय कार्यक्रम संख्या ६८,अल्प संख्यक कार्यक्रम ३ वटा, नागरिक सुनुवाई कार्यक्रम २ वटा, जनशक्ति १ सय ६ जना, मोबाइल हराएको फेला पारेको संख्या ५, ठाडो निबेदन मातहत समेत १ सय ९० वटा, मिलापत्र १ सय ६९ वटा, व्यक्ति बेपत्ता मुद्दा दर्ता संख्या १, ईप्रका गढवामा पर्न आएको उजुरी संख्या ५६ जसमध्ये १० घरेलु हिंसा रहेको प्रतिवेदनमा प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा समाजसेवी रामप्रसाद गैरे,भिम वली समाजसेवी, जगदिश यादव, भुलन गुप्ता, नेकपा एमाले गढवा गाउँपालिका उपाध्यक्ष सिता थापा, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत की ओभा पाठक, गढवा होटल ब्यवसायी संघका डेगमान जिसी, शिक्षक अनिल कुमार यादव, जनप्रतिनिधि दिनामणी आचार्य,राम प्रसाद गैरे, नेपाल एमाले गढवा गाउँपालिका अध्यक्ष खिम बहादुर बुढामगर, महिला स्वास्थ्य स्वयं सेविका प्रभा यादव लगायतकाले जिज्ञासा राखेका थिए ।

नागरिक सुनुवाई कार्यक्रम जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख उपरीक्षक अर्जुन प्रसाद तिमल्सिनाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। नागरिक सुनुवाई कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, राजपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुर्य प्रसाद चौधरी, ३ नम्बर वडाध्यक्ष राम प्रसाद अहिर, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, समाजका अगुवा, राजनीतिक दलका प्रतिनिधि, युवा महिला, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे