राप्तीका गुरूङ समुदायले मनाए तमु ल्होसार



राप्तीका गुरूङ समुदायले मनाए तमु ल्होसार

सिसहनियाँ १५ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कला संस्कृति तथा भेषभुषा संरक्षण तथा विकासका लागि गुरूङ समुदायले ध्यान दिनुपर्ने बताएका छन् । अध्यक्ष विष्टले आफ्नाे कला संस्कृतिको विकास गरेर ती कला संस्कृतिलाई बिक्री गरेर राम्रो आम्दानी लिन सकिने बताएका छन् ।

तमु हयुल छाेज धी गुरुङ राष्ट्रिय परिषद  इकाई कार्य समिति राप्ती गाउँपालिका ८ पिपरीले सोमबार राप्ती गाउँपालिका-८ कोहलुवा श्रीनगर बाैद्व गुम्बामा तमु ल्होसार पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा स्याैरा साँस्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् ।  त्यस्तै अध्यक्ष विष्टले आवश्यकताका आधारमा बजेट माग्न स्थानीय वडाबासीलाई अनुरोध समेत गरेका छन् । गाउँपालिकाले आवश्यकताका आधारमा बजेट दिन तयार रहेको उनले बताएका छन् । गुरूङ परिषदका वडा अध्यक्ष जगतबहादुर गुरूङको अध्यक्षता एवम्  राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चाैधरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेल, गुम्बा समितिका पुर्व व्यवस्थापक पुरन चाैधरी, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष नारायणी पोख्रेल, प्रमुख लामा गुरू, कोइसा गुरूङ, राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष चम्फा पुन लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम गुरूङ समुदायको साँस्कृतिक प्रस्तुति राखिएको थियो । भने विभिन्न विधाका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।तमु हयुल छाेज धी गुरूङ राष्ट्रिय परिषद्का केन्द्रीय संगठन सचिव विष्णु गुरूङको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन तमु हयुल छाेज धी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष लुमबहादुर गुरूङले गरेका थिए । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । विशेषगरी गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतमा यो पर्व मनाइन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे