कृषि उत्पादनले मात्रै आर्थिक समृद्धि सम्भव छ : अध्यक्ष विष्ट
भालुवाङ ११ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादनले मात्रै आर्थिक समृद्धि सम्भव हुने बताएका छन् ।
बिहीबार दाङको राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित लालमटिया साना किसान कृषि सहकारी संस्थाको सातौ वार्षिक साधारणसभालाई उद्घाटन गर्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । अध्यक्ष विष्टले किसानका समस्या समाधान गर्न सहकारी संस्थाले ध्यान दिन आवश्यक रहेको बताएका छन् अध्यक्ष विष्टले किसानलाई चाहिने मल, बीउबिजन समयमै पु¥याउने र उद्यम विकासमा कृषकहरुलाई जोड्न आवश्यक रहेको बताएका छन् ।यस्तै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले सहकारी मार्फत उद्यमी बन्न महिला दिदीबहिनीहरुलाई सुझाव दिएकी छिन् । उनले सहकारीबाट साना साना लगानी मार्फत उद्यम सञ्चालन गरी बचत गर्न सके आर्थिक उन्नती हुने बताएकी छिन् । उनले कृषि सहकारी संस्थाले १० प्रतिशत कृषि क्षेत्रमा नै लगानी लगाउनु पर्ने भएको हुँदा सोही अनुसार काम गर्न आग्रह गरेकी छिन् । संस्थाका अध्यक्ष सीता पोख्रेलको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष सीता पोख्रेलले वार्षिक तथा आर्थिक प्रतिवेदन र लेखा संयोजक प्रतीक्षा अधिकारीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संस्थाकी सदस्य विष्ना केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेपाल कृषि केन्द्रीय संघका लेखा सदस्य चिरञ्जीवी केसी, प्रदेश कृषि संघका सञ्चालक सदस्य तथा सिसहनियाँ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु गुरूङ, कृषि संघ दाङका अध्यक्ष पदमा आचार्य, सतवरिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेजमणी ज्ञवाली, उरहरी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन बस्नेत, कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जोहरमान मियाँ, पशु वृद्ध आश्रम तथा गिद्व संरक्षण केन्द्रका संयोजक शिव रानामगर लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जस अनुसार जेष्ठ महिला शेयर सदस्य भगवता न्यौपानेलाई होरलिक्स र दोसल्ला ओढाएर सम्मान गरिउको थियो त्यस्तै उत्कृष्ट पशुपालक कृषक चन्द्रा थारूलाई दूध बोक्ने क्यान्टिन, उत्कृष्ट बाल बचतकर्ता मोनिका केसीलाई स्टेशनरी सामग्री सहित सम्मान गरिएको थियोे । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक कविता अधिकारीले गर्नु भएको थियो ।