राप्ती गाउँपालिकाको जगपुरमा श्रीसम्पत्ती कुम्लाएर श्रीमती सम्पर्क विहिन



राप्ती गाउँपालिकाको जगपुरमा श्रीसम्पत्ती कुम्लाएर श्रीमती सम्पर्क विहिन

सिसहनियाँ ८ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ जगपुरका टेकबहादुर घर्ती मगरकी श्रीमती सर्मिला घर्तीमगर २ महिना देखि सम्पर्क विहिन भएका छन् ।

४ वर्षे १ छोरा सहित श्रीसम्पति कुमल्याएर सर्मिला बेपत्ता भएपछि टेकबहादुर आफ्ना २ छोरा सहित बिचल्लीमा परेका छन् । टेकबहादुरकी जेठी श्रीमतिको पाइल्स रोगबाट मृत्यु भएपछि उनले सल्यानको सिद्देश्वरी गाउँपालिका वडा नम्बर १ बाट कान्छी श्रीमतिको रुपमा सर्मिलालाई विवाह गरेका थिए । विवाह भएको ७ वर्ष पछि एकाएक श्रीमति सम्पत्ती सहित सम्पर्क विहिन भएपछि टेकबहादुरलाई ब्रजपात परेको छ ।

रोजगारीका शिलशिलामा भारतको चण्डीगढमा रहेका श्रीमान्लाई गत असोज अन्तिम साता श्रीमतिले एकाएक माइत बोलाएका थिए । ससुरालीमा १/२ दिन बसेर कार्तिक १ गते घर फर्किने गरी सल्यानबाट हिडेका श्रीमान् श्रीमति तुलसीपुर आएपछि श्रीमतिले विभिन्न वाहाना बनाउँदै श्रीमानलाई घर पठाएर उनी त्यहिबाट सम्पर्क विहिन भएको श्रीमान् टेकबहादुरले बताए ।

करिव ४० वर्ष देखि भारतको चण्डीगढमा नोकरी गर्दै आएका टेकबहादुरले पटक–पटक गरि करिव २ लाख रुपैयाँ श्रीमतिलाई पठाएका थिए । भने लघुवित्तबाट लिएको २ लाख, ९ वटा खसी बोका तथा बाख्रा बेचेको पैसा र १५ क्वीइन्टल धान बिक्री गरेको सवै पैसा सहित सर्मिला सम्पर्क विहिन भएपछि यति बेला टेकबहादुर समस्यामा परेका छन् ।टेकबहादुर भारतमै भएका बेला सर्मिलाले लुकेर लामो कुरा गर्ने, अपरित व्यक्ति घरमा आएर बस्ने गरेको टेकबहादुरका भाई हुकुम बहादुर घर्तीले बताए । सर्मिलाको सवै क्रियाकलाप हेर्दा कुनै परपुरुष सँग गएको हो की भन्ने शंका लागेको टेकबहादुरका भाई हुकुमबहादुरको भनाई छ । सर्मिलाले प्रयोग गर्ने ९८२९५६२३१३ नम्बरको मोबाइल अहिले पनि स्वीच अफ नै छ । उनी कुनै परपुरूष सँग गएको हो वा हराएको हो त्यो पनि कसैले भन्न सकेका छैनन् । उनको माइतीघर तथा इष्टमित्र सवै कहाँ पत्ता लगाउँदा पनि केहि पत्ता लाग्न सकेको छैन ।

यता टेकबहादुरले श्रीमतिको खोजी गरिदिन भनि हालै इलाका प्रहरी कार्यालय सिसहनियाँमा उजुरी समेत दिएका छन् । उनको परिवारमा अहिले १४ र १८ वर्षका २ छोरा रहेका छन् । दुखमा परेका टेकबहादुरको श्रीमतिलाई खोजी गरिदिन उनका भाई हुकुमबहादुर घर्तीमगरले सवैमा आग्रह गरेका छन् । उनले मो. ९८०६२१५४४३, ९८४४८७८८४५, ९८२२८५९७४१ र ००९१७८३७८६२४२३ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे