संधैभरि ३२ सिटकाे बार्गेनिङ्ग चल्दैन : केन्द्रीय सदस्य सिद्धिकी
सिसहनियाँ ७ पुस । नेकपा एमालेकी केन्द्रीय सदस्य साजिदा सिद्धिकीले ३२ काे माओवादीकाे संधैभरि बार्गेनिङ नचल्ने बताएकी छिन् ।
नेकपा एमाले राप्ती गाउँपालिका-५, नम्बरकाे दाेस्राे अधिवेशनलाई उद्धाटन गर्दै केन्द्रीय सदस्य सिद्धिकीले यस्ताे बताएकी हुन् । उनले प्रचण्डकाे दाेहाेराे चरित्रका कारण देशले दुख पाएकाे बताइन् । उनले जंगलबाट शान्तिप्रकृया सम्म ल्याएकाे बताउँदै केन्द्रीय सदस्य सिद्धिकीले एमाले नै देशकाे निर्णायक शक्ति भएकाे बताइन् ।
वडा कमिटी अध्यक्ष मनाेज चाैधरीकाे अध्यक्षता एवम् नेकपा एमालेकी केन्द्रीय सदस्य साजिदा सिद्धिकीकाे प्रमुख आतिथ्यतामा भएकाे वडा अधिवेशनमा पार्टीका प्रदेश कमिटी सदस्य जगतप्रसाद पाेख्रेल, प्रदेश लेखा समितीकी सदस्य कमलापति चाैधरी, जिल्ला सदस्य पुष्पराज अधिकारी, गाउँ कमिटी अध्यक्ष मदन अधिकारी, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्यद्वय सन्ताेषकुमार गुप्ता र बिदुर एमसी लगायतकाे बिशेष उपस्थिति रहेकाे थियाे ।
अधिवेशनले गाेबिन्दबहादुर कँवर क्षेत्रीकाे अध्यक्षतामा १९ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत चयन भएकाे छ । सर्वसम्मत निर्वाचित वडा कमिटीकाे उपाध्यक्षमा लालबहादुर चाैधरी, सचिवमा कृष्णबहादुर चाैधरी, उप-सचिवमा भुपलाल थापामगर र बसन्ती चाैधरी रहेका छन् । यस्तै सदस्यहरूमा जङ्गबहादुर चाैधरी, जीउलाल चाैधरी, जीवन अधिकारी, सन्तराम चाैधरी, रिष्मा चाैधरी, कमल चाैधरी, जितेन्द्र गुप्ता, नरबहादुर केसी, पुरन चाैधरी, खेमलाल चाैधरी, शिवकुमार चाैधरी, सीता समालमगर, गाेबिन्द क्षेत्री र रबिन चाैधरी रहेका छन् । कार्यक्रमकाे सञ्चालन पार्टीका गाउँ कमिटी लेखा समिती सदस्य तथा वडा नम्बर ५ का वडा अध्यक्ष देबप्रसाद चाैधरीले गरेका थिए ।