नामसालिङ संस्थाद्वारा राप्तीको वडा नम्बर ४ र ५ मा सामाजिक परिक्षण सम्पन्न



नामसालिङ संस्थाद्वारा राप्तीको वडा नम्बर ४ र ५ मा सामाजिक परिक्षण सम्पन्न

सिसहनियाँ ७ पुस । दाङको राप्ती गाउँपालिकाको वडा नम्बर ४ र ५ मा सामाजिक परिक्षण सम्पन्न गरेको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्र इलामले आइतबार उक्त सामाजिक परिक्षण प्रतिवेदनलाई वडा स्तरीय सरोकारवालाहरू माझ सार्वजनिकरण गरेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ५ सिसहनियाँमा भएको सामाजिक परिक्षण कार्यक्रममा सहभागीहरूले सामाजिक पुँजीमा ध्यान दिनुपर्ने, योजना सञ्चालनका दिगो दिगो खाका तयार गर्नुपर्ने र कार्यालय भवन साँघुरो भएको हुँदा सेवाग्राहीलाई सेवा लिन असहज भएको धारणा राखेका थिए ।

उक्त सामाजिक परिक्षणलाई नामसालिङ सामुदायिक विकास केन्द्रले सहजीकरण गरेको थियो । राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण तथा प्रतिवेदन सार्वजनिकरण केन्द्रका सुशासन संयोजक विनोद निराैलाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे