देउकी कृषि सहकारी संस्थाको दशाैँ बार्षिक साधारणसभा देउखुरीकाे पहरूवामा सम्पन्न



देउकी कृषि सहकारी संस्थाको दशाैँ बार्षिक साधारणसभा देउखुरीकाे पहरूवामा सम्पन्न
देउखुरी २२ मंसिर । देउखुरीकाे देउकी कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका-५, लठ्ठहवाकाे दशाैँ बार्षिक साधारणसभा आज शनिबार देउकी सामुदायिक वन उपभोक्ता समूहकाे कार्यालय परिसर पहरूवामा सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष पुरनप्रसाद चाैधरीकाे अध्यक्षता एवम् संस्था जेष्ठ शेयर सदस्य गुरूप्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे साधारणसभामा उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै बक्ताहरूले सहकारी संस्थाले बचत तथा ऋण काराेबार संगै कृषिजन्य उत्पादनमा लगानी बढाउन सुझाब दिएका छन् । उनीहरूले सहकारी संस्थाकाे माध्यमबाट ब्यवसायिक कृषि पेसामा लाग्न प्रेरणा दिने खालका कार्यक्रम सञ्चालन गर्न सुझाब समेत दिएका थिए ।
संस्थाकी कार्य समिती सदस्य सरिता उचईमगरकाे स्वागत मन्तव्यबाट शुरू भएकाे साधारणसभामा संस्थाका काेषाध्यक्ष नारायणप्रसाद चाैधरीले आर्थिक प्रतिवेदन र सचिव बालिका शर्मा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साे अवसरमा उत्कृष्ट किसानका रूपमा राप्ती गाउँपालिका-६, भगवानपुर निवासी दुर्गाप्रसाद चाैधरीलाई फुलमाला तथा सम्मान-पत्रले सम्मान गरेकाे छ । कार्यक्रममा पत्रकार सन्ताेषकुमार गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव बालिका शर्माले गरेकी थिइन् ।
वि.सं. २०७१ चैत ३० गते सहकारी ऐन २०४८ बमाेजिम तत्कालिन डिभिजन सहकारी कार्यालय दाङमा बिधिवत दर्ता भई मिति २०७२ जेष्ठ १ गतेबाट आैपचारिक रूपमा कार्यालय सञ्चालन गरी संस्थाले कार्य सुभारम्भ गरेकाे हाे । संस्थामा हाल १ सय ६६ महिला र २ सय ७८ पुरूष गरी कुल ४ सय ४४ जना सेयर सदस्य रहेका छन् । संस्थाकाे सेयर पुँजी १९ लाख ७२ हजार ३ सय रहेकाे छ भने निक्षेप तर्फ ३० लाख ५१ हजार २ सय २५ रूपैयाँ  रहेकाे छ । संस्थाले यस आर्थिक बर्ष २०८०/०८१ मा ३ लाख ४९ हजार १ सय ४ रूपैयाँ २७ पैसा नाफा गर्न सफल भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे