सरकारको एकल प्रयासले मात्रै गिद्ध संरक्षण असम्भव : काफ्ले



सरकारको एकल प्रयासले मात्रै गिद्ध संरक्षण असम्भव : काफ्ले

भालुवाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले प्रकृतिका कुचिकारको रुपमा परिचित लोपोन्मुख पन्छि गिद्धको संरक्षण सरकारको एकल प्रयासले मात्रै असम्भव भएको बताएका छन् ।

पोखरा पंक्षी समाजको आयोजना र रुफोड फाउन्डेसन यूकेको आर्थिक सहयोगमा आज भालुवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सचिव काफ्लेले यस्तो कुरा बताएका हुन् । उनले गिद्ध लगाएत सबै प्रकारका पंक्षि संरक्षणका लागि सरकार, साझेदारी संस्था तथा सिंगो समाज सचेत भई जुटनु प्रने आवश्यकता औलाए । सो कार्यक्रममा विभिन्न सेसनमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नुहुने पंक्षि समाज पोखराका सचिव डा. हेमन्त डकाल, सोही समाजका संरक्षण अधिकृत देउबहादुर राना, आखिझ्याल पोखराका टे्क्निसियन पारस देवकोटाले गिद्ध संरक्षण सम्बन्धि अध्ययन अनुसन्धान तथा कार्यक्रमका बारेमा विश्त्रृत जानकारी गराउका थिए ।

समाजका अध्यक्ष बसन्त घिमिरेको अध्यक्षता र गिद्ध विज्ञ कृष्ण प्रसाद भुसालको संचालनमा भएको कार्यक्रममा जिल्ला वन कार्यलय अर्घाखाचीका प्रमुख केशव खड्का डिभिजन वन कार्यलय लमहिका एम प्रसाद गैरे, डिभिजन वन कार्यलय वाँकेका प्रमुख नवराज भण्डारी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाका गिद्ध संरक्षण विद कृष्ण प्रसाद शर्मा, राजपुर गाउँपालिकाका डा. दिपक नेपाली, भौतिक पुर्वाधार विकास कार्यलय देउखुरीका बरिष्ठ इ. बसन्त कुमार चन्द, प्रदेश राजधानी निमार्ण आयोजना कार्यलय इ. निश्चल साप्कोटा, प्रदेश पुवाधार विकास मन्त्रालयका गोरखनाथ योगी गढवा गा.पा.का खेम बहादुर चौधरी, राप्ती गा.पा.का वन तथा वातावरण शाखाका शसि सुवेदी, राजेन्द्र बहादुर सोनारी मगर, विपिन भुसाल गिद्ध संरक्षण केन्द्र लालमटियाका अध्यक्ष एम बहादुर रोका लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे