दाङकाे देउखुरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



दाङकाे देउखुरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ १० कात्तिक ।  दाङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–४ भैसकुमराका ३१ वर्षिय हेमन्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत सतबरियाबाट लमहीतर्फ आउँदै गरेको लु ३१ प ४१५४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउदै गरेको भे १ त ४१५६ नम्बरको ट्याक्टरले ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारकै क्रममा लमही अस्पतालमा गएराती मृत्यु भएको हो । ट्याक्टर चालक लमही–७ का ४२ वर्षिय शोभाराम चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे