लुम्बिनी प्रदेशका पूर्वमन्त्री चन्द्रकेश गुप्ता माथि आक्रमणको प्रयास



लुम्बिनी प्रदेशका पूर्वमन्त्री चन्द्रकेश गुप्ता माथि आक्रमणको प्रयास

दाङ १० कार्तिक ।  लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमणको प्रयास भएको छ ।

रुपन्देही क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभामा निर्वाचित गुप्तामाथि आज केही युवाले आक्रमणको प्रयास गरेका हुन् । युवाहरूको दुई समूहबिच उत्पन्न विवादका बिच सांसद गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय अगाडि गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले उद्धार गरी उनलाई आफ्नो कार्यालयभित्र पुर्‍याएको हो । पुर्वमन्त्री गुप्ताले आफूमाथि आक्रमणको प्रयास गरिएको र गाडीमा सवार विधान्चल यादवको खुट्टामा चोट लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे