सहकारी ठगहरूलाई कानुनी कार्वाहीका लागि सरकार निर्मम बन्नुपर्छ : संविधानसभा सदस्य राईमाझी



सहकारी ठगहरूलाई कानुनी कार्वाहीका लागि सरकार निर्मम बन्नुपर्छ : संविधानसभा सदस्य राईमाझी
भालुवाङ १० कार्तिक । संविधानसभा सदस्य धनबहादुर राईमाझीले सहकारी अभियान बिरूद्ध लागेकाे झिल्काेलाई निस्तेज पार्नुपर्ने बताएका छन् । प्यूठानकाे सरूमारानी गाउँपालिका-१, बाङ्गेसाल स्थित साना किसान कृषि सहकारी संस्था लिमिडेटकाे २६ औँ बार्षिक साधारणसभाकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।
संविधानसभा सदस्य राइमाझीले सहकारी अभियानलाई असफल बनाउन लागेकाे एउटा झिल्काे बिरूद्ध सरकार निर्मम बन्नुपर्ने बताए । कार्यक्रमकाे प्रमुख अतिथीकाे आसनबाट बाेल्दै संविधानसभा सदस्य राईमाझीले सहकारीका रकम अपचन गर्नेहरू कसैलाई नछाेड्न र हदै सम्मकाे कानुनी कार्वाही गर्नुपर्ने बताए । साथै उनले अब सहकारीले आधुनिक कृषि र उत्पादनमा लगानी गर्न सुझाब दिए । संविधानसभा सदस्य राईमाझीले अब सहकारीका हरेक सदस्य कृषि, उत्पादन र उद्दमशिलतामा लाग्न समेत आग्रह गरे ।
संस्थाका अध्यक्ष कुलदीप जिसीकाे अध्यक्षतामा भएकाे साधारणसभाकाे उद्घाटन-सत्रमा बाेल्दै सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिकले  सहकारीकाे रकम अपचलन गर्नेहरूलाई कानुन अनुुसार नै कार्वाही हुनुपर्ने बताए । उनले सहकारीमा जनताले जम्मा गरेकाे रकम अपचलन गर्ने जाे काेही भएपनि नछाेड्न सरकार संग माग गरे । पालिका अध्यक्ष विकले पछिल्लाे समय सहकारी प्रति जनताकाे विश्वास गुम्दै गइरहेकाे अवस्थामा सहकारी पिडितहरूलाई न्याय दिन बर्तमान सरकार लागेकाे बताए । उनले सहकारीकाे रकमकाे हिनामिना गर्नेलाई कार्वाही नगर्दा सम्म सहकारी आन्दाेलन सफल नहुने बताए । साथै उनले समान उद्देश्य भएका सहकारी संस्थाहरूलाई मर्ज गर्ने अभियानमा पालिका लागेकाे समेत बताए ।
संस्थाकी उपाध्यक्ष नर्मदा गिरीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा अध्यक्ष कुलदिप जिसीले संस्थागत प्रतिवेदन, संस्थाका बरिष्ठ प्रबन्ध निर्देशक निमराज आचार्यले आर्थिक प्रतिवेदन र लेखा समितीका संयाेजक शिबप्रसाद घिमिरेले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभा उद्घाटन-सत्रमा सरूमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, सरूमारानी गाउँपालिकाका कानुनी सल्लाहकार कृष्णप्रसाद आचार्य, जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पाेख्रेल, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सन्ताेषकुमार गुप्ता र देउखुरी पाेष्टका सम्पादक जमिर शाह लगायतका वक्ताले शुभकामना मनतव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन संस्थाका ऋण सिफारिस तथा अनुगमन समिती संयाेजक ज्ञानुप्रसाद खनालले गरेका थिए ।
यस संस्था वि.सं. २०५४ साउन १९ गते डिभिजन सहकारी कार्यालयमा बिधिवत रूपमा दर्ता भई नियमित रूपमा आफ्नाे गतिबिधिहरू सञ्चालन गर्दै आएकाे छ । संस्थामा हाल सम्म १ हजार ३ सय ७० जना सेयर सदस्य रहेका छन् । संस्थाकाे हाल सरूमारानी गाउँपालिकाकाे वार्ड नम्बर १ र २ लाई कार्यक्षेत्र बनाएर आफ्नाे निमित गतिबिधिहरू अगाडि बढाउँदै आएकाे छ ।  संस्थाकाे हाल कुल पुँजी ३५ कराेड २५ लाख ८३ हजार रहेकाे छ, भने शेयर पुँजी ४ कराेड ३९ लाख ४४ हजार रहेकाे छ । त्यसैगरी निक्षेप माैजादमा १९ कराेड ७४ लाख ६१ हजार, कुल जगेडा काेषमा ६ कराेड ९९ लाख ३४ हजार निक्षेप र ३९ कराेड ३१ लाख ९७ हजार सदस्यमा ऋण लगानी भएकाे संस्थाका बरिष्ठ प्रबन्ध निर्देशक निमराज आचार्यले जानकारी दिए । संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा १ कराेड ६२ लाख ३१ हजार नाफा गर्न सफल भएकाे छ ।
संस्थाले हाल बचत तथा ऋण काराेबार, सुत्केरी पाेषण कार्यक्रम, मृत्यु राहत, सदस्य सुरक्षा याेजना बिमा, पशु बिमा कार्यक्रम, नश्ल सुधार तथा बीउ बिजन बाेका बितरण कार्यक्रम, गाेठ तथा भकाराे सुधार कार्यक्रम, छाेरी पेवा तथा बाल बचत, सदस्य केन्द्रित मलखाद, बीउ बितरण कार्यक्रम, रेमिट सेवा, सदस्यकाे म्यादी जीवन बिमा, सदस्यहरूलाई अध्ययन, अवलाेकन भ्रमण लगायत कार्यक्रम गरी सदस्यहरूलाई प्रत्यक्ष रूपमा सेवा प्रबाह गर्दै आई रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे