बिहानी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न



बिहानी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

भालुवाङ १० कार्तिक । दाङको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले देशको आर्थिक विकासको मुख्य आधार सहकारी भएको बताएकी छिन् ।

बिहानी बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका-५ सिसहनियाँको १४ औं वार्षिक साधारणसभालाई शनिबार सिसहनियाँमा उद्घाटन गर्दै उपाध्यक्ष चाैधरीले सो कुरा बताएकी हुन् । उपाध्यक्ष चाैधरीले सहकारीबाट सहकार्य गर्न सके मात्र देशको आर्थिक स्तर बढ्ने भएकोले त्यस तर्फ सरकारको ध्यान जान जरूरी रहेको बताएकी छिन् ।  संस्थाका अध्यक्ष बामदेव चाैधरीको अध्यक्षता एवम्  राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका- ५ नम्बर वडा सदस्य भुपलाल थापा, प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, संस्थाका सल्लाहकार रामबहादुर केसी, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा वार्षिक प्रगति प्रतिवेदन सचिव जिवराज भट्टराई, आर्थिक प्रतिवेदन कोषाध्यक्ष तपेश्वर चाैधरी र लेखा प्रतिवेदन लेखा समिति संयोजक प्रेमलाल चाैधरीले प्रस्तुत गरेका थिए । त्यस्तै सभामा असल बचतकर्ता तर्फ देवी कुमारी कुमाल, धनादेवी गाहा, असल काराेबारकर्ता तर्फ उर्मिला चाैधरी, पुनम चाैधरी, उत्कृष्ट नेतृत्व तर्फ संस्थाका निर्वतमान अध्यक्ष देवप्रसाद चाैधरी, संस्थाका निर्वतमान सचिव विष्णुप्रसाद चाैधरी, जेष्ठ सदस्य तर्फ भुपलाल चाैधरी, उमा देवी पाेख्रेल र असल कर्मचारी तर्फ रन्जना चाैधरीलाई नगद सहित सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष कर्णबहादुर ज्ञवालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक बालिका शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे