प्रतिनिधिसभा सदस्य मेटमणिद्वारा लमही उच्चनिम्बु धारापानी सडकको अनुगमन



प्रतिनिधिसभा सदस्य मेटमणिद्वारा लमही उच्चनिम्बु धारापानी सडकको अनुगमन

देउखुरी ९ कार्तिक । दाङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य माननीय मेटमणी चौधरीले आज उच्चानिम्बु धारापानी सडकको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले यो आर्थिक वर्षमा सडक निर्माणका लागि २ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी गराउँदै स्थानीय जनतालाई यो सडकले धेरै लाभ पुर्‍याउने बताए। उनले यो सडकले ग्रामीण भेगलाई घोराहीसँग जोड्ने मात्र नभई यातायातमा सुविधा ल्याउने र स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास व्यक्त गरे।

उनले सडकको महत्त्वमा जोड दिँदै भने कि यसले किसान, व्यापारी, विद्यार्थी, र सर्वसाधारणलाई आवतजावतमा सहजता पुर्‍याएर आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ। कृषिजन्य उत्पादन र व्यवसायिक सामग्रीहरू सजिलै बजारसम्म पुर्‍याउन सकिने भएकाले यसले स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने उनको भनाइ थियो। साथै, उनले सडक निर्माणले शिक्षा, स्वास्थ्य, र अन्य सामाजिक सेवामा पहुँच सुधार्न मद्दत पुग्ने धारणा राखे।

चौधरीले निर्माण कार्यलाई गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। यस सडकले पर्यटन क्षेत्रलाई पनि प्रवर्द्धन गर्ने र यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको आशा छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे