दाङको देउखुरीमा राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु



दाङको देउखुरीमा राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

दाङ ८ कार्तिक । दाङको देउखुरीमा राप्ती नदीमा डुवेर ३ बालिकाको मृत्यु भएको छ ।

लमही नगरपालिका- २ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिएका छन् ।

मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन ।

दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनिहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे