लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँदै, काँग्रेसबाट दुई र जसपाबाट एक मन्त्री नियुक्त



लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउँदै, काँग्रेसबाट दुई र जसपाबाट एक मन्त्री नियुक्त

भालुवाङ ७ कार्तिक । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको ३ महिना पछि मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । नियुक्त भएको ३ महिनापछि मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषदमा तीन जना नयाँ मन्त्री थपेसँगै सरकारले पूर्णता पाउने भएको हो ।

मन्त्रीपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री आचार्यले थप तीनजाना मन्त्रीको नाम प्रदेश प्रमुखलाई सिफारिस गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नयाँ बन्ने मन्त्रीहरुमा कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेशकुमार अग्रवाल रहेका छन् ।

तिमिल्सिनाले सामाजिक विकास, कलबारले वन तथा वातावरण र अग्रवालले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । बिहीबार शपथको लागि तयारी गरिएको भौतिक पुर्बाधार मन्त्री भुमिस्वर ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे