सातमारा महोत्सवको चाैथो दिन : चर्चित गायक नरेश खाती र निर्मलादेवी बस्नेतले मञ्च तताए



सातमारा महोत्सवको चाैथो दिन : चर्चित गायक नरेश खाती र निर्मलादेवी बस्नेतले मञ्च तताए

भालुवाङ ५ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका– ८ सातमारामा सञ्चालित दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सवको आइतवार चाैथो दिन चर्चित गायक नरेश खाती र गायिका निर्मलादेवी बस्नेतले आफ्ना दर्जनौ प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् ।

संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा दुवै कलाकारले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । गायक खातीले आफ्ना विभिन्न गीत गाएर दर्शकलाई नचाएका थिए । विशेषगरि दर्शकहरू खातीको गीतमा रमाएका थिए ।

त्यस्तै गायिका निर्मलादेवी बस्नेतले पनि आफ्ना प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् । बस्नेतले आफ्ना प्रस्तुति मार्फत दर्शकहरूलाई नचाएकी थिइन् । साथै महोत्सवमा उद्घोषक दिपक बर्मा, वर्षा पाण्डे, मोडेल तथा डान्सर रितु गुरुङ, खेमराज पाण्डे लगायत स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने सितगंगा डान्स आइडल समेत प्रस्तुत गरिएको थियो ।

स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा १ सय बढी स्टल राखिएको छ । भने करिव २०–२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ ।

महोत्सवको पाँचौ दिन कार्तिक ६ गते चर्चित लोक दोहोरी गायक श्याम राना र जालुमाया गुरूङ लगायतका कलाकारहरु आउँदै
यसै बीच महोत्सवको पाँचौ दिन चर्चित लोक दोहोरी गायक श्याम राना मगर र जालुमाया गुरूङ आउन लागेका छन् । त्यस्तै डान्सरहरू एलिसा राना मगर, प्रकाश सोनी, निशु सेर्पाइली, खेमराज पाण्डे, उदघोषक दिपक बर्मा, वर्षा पाण्डे लगायतका कलकारले समेत भोलीको महोत्सव तताउने कलाकार संयोजक शालिकराम भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे