दाङकाे गढवामा बलात्कारको आरोपमा वृद्ध पक्राउ



दाङकाे गढवामा बलात्कारको आरोपमा वृद्ध पक्राउ

दाङ ५ कार्तिक । दाङमा बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–१ का ६४ वर्षीय वृद्ध काशीराम नेपालीलाई पक्राउ गरेको छ ।

बलात्कार गरेको भन्दै अस्थायी प्रहरी पोष्ट कालाकाटेमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय गढवा समेतको टोलीले शनिवार साँझ पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे