राप्ती उवा संघ भालुवाङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण



राप्ती उवा संघ भालुवाङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण

भालुवाङ ४ कार्तिक । राप्ती उद्योग वाणिज्य संघ भालुवाङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक समारोहका बीच आइतवार भालुवाङमा गोपिनियताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ ।

निर्वाचन समितिका संयोजक महेश रिजालले नवनिर्वाचित अध्यक्ष सुरज खड्का सहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाएका थिए । निर्वाचन समितिका संयोजक महेश रिजालको अध्यक्षयतामा भएको सपथ ग्रहण कार्यक्रममा राप्ती गाउँपालिका १ नम्बर वडा अध्यक्ष गेमे खड्का, राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल लगायतका वक्ताहरुले बधाई सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दैै नवनिर्वाचित अध्यक्ष खड्काले सबैको भावनालाई आत्मसात गरेर अगाडी बढ्ने र त्यसका लागि सबैको साथ सहयोग अपरिहार्य भएको बताएका छन् । निर्वाचन समितिका सदस्य चन्द्रमणि खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य टोपबहादुर झार्कीले गरेका थिए ।

व्यवसायीहरुको बीचमा सहमति गर्दै उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएकाे छ । जस अनुसार संघकाे अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि सुरज खड्का, बरिष्ठ उपाध्यक्षमा बसन्त गिरी, उपाध्यक्षमा चन्द्रप्रकाश आचार्य, महासचिवमा बासुदेव न्यौपाने, सचिवमा मोहन आचार्य र कोषाध्यक्षमा बिष्णुप्रसाद बोहोरा निर्विराेध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा शिवा थापा, राजकुमार आचार्य, हरिबहादुर खड्का, राजु थापा, भूमि गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे