सातमारा महोत्सवमा आज चर्चित गायक शक्ति चन्द लगायतका कलाकारहरु आउँदै



सातमारा महोत्सवमा आज चर्चित गायक शक्ति चन्द लगायतका कलाकारहरु आउँदै

भालुवाङ ४ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका– ८ सातमारामा सञ्चालित दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सवको आइतवार तेस्रो दिन चर्चित गायक शक्ति चन्द, सर्मिला लामिछाने, मोडेल तथा डान्सर नारायणी खत्री लगायतका कलाकार आउन लागेका छन् ।

संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा ती कलाकारहरु आउन लागेकाे मेला व्यवस्थापक हिरा हमाल जानकारी दिएका छन् । साथै महोत्सवमा उद्घोषक दिपक बर्मा र वर्षा पाण्डे, मोडेल तथा डान्सर रितु गुरुङ, खेमराज पाण्डे लगायत स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेकाे मेला व्यवस्थापक हमाल जानकारी दिएका छन् ।  भने सितगंगा डान्स आइडल समेत प्रस्तुत गरिने छ ।

स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा १ सय बढी स्टल राखिएको छ । भने करिव २०–२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ । भने महोत्सव अवधीभर राप्तीमा बोटिङ रहने छ । भने शितगंगा आइडल रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे