बलात्कृत बालिकाको न्यायका लागि आन्दोलनकाे घाेषणा



बलात्कृत बालिकाको न्यायका लागि आन्दोलनकाे घाेषणा

भालुवाङ ४ कार्तिक । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै भालुवाङमा गठित संघर्ष समितिको बैठक आइतवार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ ।

संघर्ष समितिका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा बसेको बैठकले बलात्कृत बालिकाको न्यायका लागि भोली कार्तिक ५ गते ११ बजे सम्म इलाका प्रहरी कार्यालय भालुवाङलाई सत्यतथ्य छानवीन गरि दोषी पत्ता लगाई पिडित बालिकालाई न्याय दिन चेतावनी दिएको छ । यदि सो अवधी भित्र दोषी पत्ता लगाई कारवाही गर्न नसके १२ बजे देखि इलाका प्रहरी कार्यालय भालुवाङको परिसरमा शान्ति पुर्ण तरिकाले आन्दोलन स्वरुप धर्ना दिने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले बलात्कृत बालिकालाई संघर्ष समितिको समन्वयमा आमा र आफन्तको रोहवरमा सुरक्षित तरिकाले राख्ने गरी इलाका प्रहरी कार्यालयबाट निकाल्ने निर्णय समेत गरेको छ । बैठकमा समितिका सदस्यहरु, पिडित परिवार, संघसंस्थाका प्रमुख र पत्रकारहरुको उपस्थिती रहेको थियो । बैठकको सहजीकरण संघर्ष समितिका सदस्य राजकुमार आचार्यले गरेका थिए । गत असोज २४ गते साँझ भालुवाङ स्थित शसस्त्र प्रहरी क्याम्प नजिकै रहेको लिंगे पुल खेल्न गएकी राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा डेरा गरि बस्ने ८ वर्षिय बालिका बलात्कृत भएकी थिइन् । घटना घटेको हप्ता दिन भन्दा बढी भइसक्दा समेत प्रहरीले घटनामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेपछि भालुवाङ क्षेत्रमा क्रियाशील विभिन्न राजनीतिक दल, मानवअधिकारकर्मी, सञ्चारकर्मी, संघसंस्था र युवा तथा बौद्विक व्यक्तित्वहरूको एक बृहत भेलाले संघर्ष समिति गठन गरी आन्दोलन गर्न सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे