सातमारा महोत्सवको दोस्रो दिन : चर्चित गायक सुमन र खुइलीको प्रस्तुती



सातमारा महोत्सवको दोस्रो दिन : चर्चित गायक सुमन र खुइलीको प्रस्तुती

भालुवाङ ३ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका– ८ सातमारामा सञ्चालित दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सवको शनिवार दोस्रो दिन चर्चित गायक सुमन बिटी र हास्य कलाकार तथा गायिका नविना सिलवाल (खुइली)ले आफ्ना दर्जनौ प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् ।संस्कृतिको मौलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा सञ्चालित महोत्सवमा दुवै कलाकारले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा हिट गीत दिने गायकका रूपमा परिचित भएका सुमन बिटीका दर्जनौँ गीतहरू निकै लोकप्रिय बनेका छन् । धादिङ जिल्ला गल्छि गाउँपालिका वडा नं.३ कल्लेरिमा माता तारा बयलकोटी र पिता सिताराम बयलकोटीको कोखबाट जन्मेका चर्चित गायक तथा सर्जक सुमन बिटी रातो डोरी सिरैमा तिमी र जाम माया” लगायत आधा दर्जन गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

त्यस्तै हास्यकलाकार नविना सिलवाल आम दर्शकहरुमाझ ‘खुइली’ नामले परिचित छिन् । उनको अभिनयलाई मन पराउने थुप्रै दर्शक छन् । हास्य टेलिश्रृङ्खला ‘गोलमाल’ मा पवन खतिवडा ‘म्याकुरी’ को प्रेमीकाको भूमिका खेलेर खुइली दर्शकसामु चिनिएकी हुन् । सामाजिक सञ्जालमा सक्रिय उनी पछिल्लो समय गायन क्षेत्रमा समेत लोकप्रिय बन्न पुगेकी छिन् । सातमारा महोत्सवमा स्टेज चढ्ना साथ दर्शकहरुलाई सुरुमै हसाएकी खुइलीले पछिल्लो समय आफुले गाएको लोक दोहोरी प्याटल गीत तथा दोहोरी गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । साथै महोत्सवमा उद्घोषक दिपक बर्मा र वर्षा पाण्डे, मोडेल तथा डान्सर रितु गुरुङ, खेमराज पाण्डे लगायत स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने सितगंगा डान्स आइडल समेत प्रस्तुत गरिएको थियो ।स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा १ सय बढी स्टल राखिएको छ । भने करिव २०–२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिए । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ । महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ । भने महोत्सव अवधीभर राप्तीमा बोटिङ रहने छ । भने शितगंगा आइडल रहेकोे छ ।

महोत्सवको तेस्रो दिन कार्तिक ४ गते चर्चित गायक शक्ति चन्द लगायतका कलाकारहरु आउँदै
यसै बीच महोत्सवको तेस्रो दिन चर्चित गायक शक्ति चन्द, सर्मिला लामिछाने, मोडेल तथा डान्सर नारायणी खत्री, उदघोषक दिपक बर्मा, वर्षा पाण्डे आउने मेला व्यवस्थापक हिरा हमाल जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे