नेत्र सहायक लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम निर्विरोध निर्वाचित



नेत्र सहायक लुम्बिनी प्रदेशको अध्यक्षमा गौतम निर्विरोध निर्वाचित

देउखुरी १९ असोज । नेपाल नेत्र सहायक परिवार लुम्बिनी प्रदेशको अध्यक्षमा सालिकराम गौतम निर्विरोध निर्वाचित भएका छन् । नेत्र सहायक परिवार लुम्बिनी प्रदेशको आज शनिबार दाङ—देउखुरीको लमहीमा सम्पन्न प्रथम सम्मेलन तथा अधिवेशनले अध्यक्ष गौतम संगै १३ सदस्यीय नयाँ कार्यसमिती निर्बिरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित कार्य समितीको सदस्यहरुमा सृजना खनाल, अञ्जली धामी, अखिलेस यादब, रजनिशकुमार श्रीवास्तब, खालिदा बेगम, रोहित कडायत, किरण ढुंगाना, गीता आचार्य, आशिष चौधरी, बिमलकुमार बिसी, दिनेशकुमार श्रीवास्तब र निशा रेग्मी रहनु भएको निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितीलाई निर्वाचन अधिकृत खड्काले पद तथा गोपिनियताको सपथ ग्रहण समेत गराएका थिए । अधिवेशनको उद्धाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले गरेका थिए भने अधिवेशन तथा सम्मेलनका कार्यक्रम संयोजक शालिकराम गौतमको अध्यक्षतामा उद्धाटन सत्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे