राप्ती उवासंघ भालुवाङकाे द्राेस्राे पटक साताैँ साधारणसभा तथा अधिवेशन सम्पन्न



राप्ती उवासंघ भालुवाङकाे द्राेस्राे पटक साताैँ साधारणसभा तथा अधिवेशन सम्पन्न

भालुवाङ १९ असाेज । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-१, भालुवाङमा रहेकाे राप्ती उद्योग बाणिज्य संघकाे पुन:दाेस्राे पटक साताैँ बार्षिक साधारणसभा तथा अधिवेशन आज शनिबार संघकाे आफ्नै सभाहल भालुवाङमा सम्पन्न भएकाे छ । गत असाेज १२ गते शनिबार भएकाे साताैँ बार्षिक साधारणसभा तथा अधिवेशनमा गणपुरक सख्या नपुगेपछि उक्त साधारणसभालाई रद्ध गर्दै दाेस्राे पटक आज साधारणसभा तथा अधिवेशन सम्पन्न भएकाे हाे ।

संघकाे आजिवन सदस्य सहित ६ सय ४५ जना सदस्य संख्या रहेकाे संघमा १२ गते भएकाे साधारणसभामा जम्मा २ सय ८६ उपस्थिति रहेकाे गणपुरक संख्या पुग्न २७ जना अपुग भएपछि उक्त साधारणसभा तथा अधिवेशन रद्ध भएकाे थियाे । संघका अध्यक्ष सुरज खड्काकाे अध्यक्षता एवम् संघ कै संस्थापक अध्यक्ष हाेमप्रसाद शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे साधारणसभामा संघका पूर्व अध्यक्ष जगतप्रसाद पाेख्रेल, भालुवाङ नगर विकास समितीका पूर्व अध्यक्ष माबुल मिया, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका काेषाध्यक्ष चन्द्रप्रकाश आचार्य, संघका पूर्व बरिष्ठ उपाध्यक्ष अनन्तराज पाैडेल, संघका सदस्यहरू राजकुमार आचार्य, राप्ती प्रेस मञ्चका मुख्य संरक्षक महेश रिजाल र पत्रकार सन्ताेषकुमार गुप्ता लगायतका बक्ताले बाेलेका थिए।

संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापाकाे स्वागत मन्तब्यबाट शुरू भएकाे साधारणसभा तथा अधिवेशनमा संघका अध्यक्ष सुरज खड्काले संस्थागत प्रतिवेदन, महासचिव नारायण शर्माले बार्षिक प्रगति प्रतिवेदन र संघका काेषाध्यक्ष श्रीधर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमकाे सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए।

यसैबीच सभाकाे बन्दसत्रले पत्रकार महेश रिजालकाे संयाेजकत्वमा तीन सदस्यीय निर्वाचन समेत गठन गरेकाे छ । जसकाे सदस्यहरूमा चन्द्र खनाल र टाेपबहादुर झाँक्री रहेका छन्। यस्तै बन्दसत्रले बिधान संसाेधन गर्ने र अध्यक्ष, महासचिव तथा काेषाध्यक्षले प्रस्तुत गरेकाे प्रतिवेदन समेत पारित गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे