भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालक सन्तोष योगीको मृत्यु



भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालक सन्तोष योगीको मृत्यु

भालुवाङ २२ असार । दाङ देउखुरीको राप्ती गाउँपालिका- १ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार बिहान ११:५५ बजेको समयमा पश्चिमबाट पुर्व जाँदै गरेको रा १ ख २०६३ नम्बर मिनिट्रकले पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु १४ प ४१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी ४४ वर्षिय सन्तोष कुमार योगीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । मृतकको टाउको र खुट्टामा गहिरो चोट लागेको थियोे । ठक्कर दिने र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । मृतक योगी आर्ट हुन् भने राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे