दाङको देउखुरीमा बाढीले १ जनालाई बगायो, दर्जनाै बस्ती र मन्त्रालय डुवानमा



दाङको देउखुरीमा बाढीले १ जनालाई बगायो, दर्जनाै बस्ती र मन्त्रालय डुवानमा

भालुवाङ २२ असार । दाङकाे देउखुरीमा राप्ती नदीकाे बाढीले एक जनालाई बगाएकाे छ । लमही नगरपालिका-७, हस्नापुर स्थित राप्ती नदिकाे बाढीमा फसेका मध्ये दुई जनाकाे सकुशल उद्दार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा वेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका-२ का किसान दुध विक्री गर्न लमही आएकाे र फर्किने क्रममा राप्ती नदीकाे बाढीमा फसेका थिए ।
तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएकाे र दुई जना सिमलकाे रुखमा चढेर सुरक्षित बसेका थिए ।
नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेकाे प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर-२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवकाे उद्धार गरिएको छ । उनीहरु संगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यता गएराति देखि परेकाे अविरल वर्षाले लुम्बिनी प्रदेश सरकारका केही मन्त्रालयहरू डुबानमा परेका छन् । शुक्रबार साँझ देखि परेको पानी देउखुरी भित्र रहेका मन्त्रालयहरू डुबानमा परेका छन् । सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय भित्र एक फिट सम्म पानी पसेको छ । एउटै कम्पाउन्ड भित्र रहेका यी मन्त्रालय नजिकै कन्स्ट्रक्सनको काम भइरहेकोले निकास नहुदा झन समस्या भएको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ पुनले बताएका छन्।

यस्तै लगातारको वर्षाका कारण दाङको देउखुरीका दर्जनाै बस्तीहरू डुबानमा परेका छन्। दाङमा गएराती देखि परेकाे भिषण बर्षापछि आएकाे बाढी बस्तीमा पसेको छ । लगातार परिरहेको भिषणा बर्षाका कारण दाङकाे देउखुरीका बस्ती डुबानमा परेका हुन् ।

राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा, कालापानी, वडा नम्बर ६ को पत्थरगढवा, मझेरीया लगायतमा गाउँमा बाढी पसेको छ । त्यस्तै लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका विभिन्न बस्ती डुवानमा परेका छन् । राप्ती नदी, दोलाई खोला तथा विभिन्न खहरे खोलामा आएको बाढी गाउँमा पसेको हो । बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम समेत गरिएको छ। सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न सारेका हुन् ।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खाेलामा जलसतह बढेकाे छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँकाे भवन पनि डुबानमा परेकाे छ। भने राप्ती गाउँपालिकाकै ६ नम्बर वडा कार्यालय पनि डुवानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे