गढवा-५ का वडा सचिव यादवको करेन्ट लागेर मृत्यु



गढवा-५ का वडा सचिव यादवको करेन्ट लागेर मृत्यु

देउखुरी २३ असार । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादव रहेको जिल्ला कार्यालय दाङले जानकारी दिएको छ ।

गढवा गाउँपालिका-६ प्रनाहा निवासी ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे