देउखुरीमा राप्ती नदीकाे बाढीले एक जनालाई बगायाे, दुई जनाकाे सकुशल उद्धार



देउखुरीमा राप्ती नदीकाे बाढीले एक जनालाई बगायाे, दुई जनाकाे सकुशल उद्धार

देउखुरी २२ असार । दाङकाे देउखुरीमा राप्ती नदीकाे बाढीले एक जनालाई बगाएकाे छ । लमही नगरपालिका-७, हस्नापुर स्थित राप्ती नदिकाे बाढीमा फसेका मध्ये दुई जनाकाे सकुशल उद्दार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा वेपत्ता भएका छन् ।

राजपुर गाउँपालिका-२ का किसान दुध विक्री गर्न लमही आएकाे र फर्किने क्रममा राप्ती नदीकाे बाढीमा फसेका थिए ।
तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएकाे र दुई जना सिमलकाे रुखमा चढेर सुरक्षित बसेका थिए ।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेकाे प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

राजपुर-२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवकाे उद्धार गरिएको छ । उनीहरु संगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे