दाङमा भिषण वर्षा, देउखुरीकाे बस्तीमा बाढी पस्न शुरू, सिसहनियाँ प्रहरी चाैकीमा बाढी पस्याे



दाङमा भिषण वर्षा, देउखुरीकाे बस्तीमा बाढी पस्न शुरू, सिसहनियाँ प्रहरी चाैकीमा बाढी पस्याे

देउखुरी २२ असार । दाङमा गएराती देखि परेकाे भिषण बर्षापछि आएकाे बाढी बस्तीमा पस्न थालेकाे छ । लगातार परिरहेको भिषणा बर्षाका कारण दाङकाे देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन् ।

राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पस्न थालेकाे छ । बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ। सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।

लगातार पानी परिरहेकाले स्थानीय खहरे खाेलामा जलसतह बढेकाे छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँकाे भवन पनि डुबानमा परेकाे छ। कार्यालयकाे सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।

यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएकाे छ। नदी तटीय क्षेत्रमा डुबान र कटानकाे जाेखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे