राप्ती गाउँपालिका-३ खुरुरीयामा २ महिने कटाई सिलाई तालिम सम्पन्न



राप्ती गाउँपालिका-३ खुरुरीयामा २ महिने कटाई सिलाई तालिम सम्पन्न

भालुवाङ २१ असार। दाङको राप्ती गाउँपालिका वडा नं. ३ खुरुरीयामा सञ्चालित दुई महिने कटाई सिलाई तालिम शुक्रबार सम्पन्न भएको छ।

राप्ती गाउँपालिकाकाे उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सीप विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे। राप्ती गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले महिला दिदीबहिनीहरूलाई सीप सिकेर व्यावसायमा जाेडिन सुझाव दिएकी छिन्।

गाउँपालिकाका बेरोजगार युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशले पालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आई रहेकको बताउँदै उपाध्यक्ष चाैधरीले सिकेको सिपलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरिन् । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली, वडा नं. ३ का वडा अध्यक्ष उमेश अधिकारी, प्रशासन शाखा प्रमुख विकास ज्ञवाली लगायतका वक्ताहरूले सहभागीहरुलाई सिकेको सीपलाई व्यवहारमा लागू गरि आत्मानिर्भर बन्न सुझाव दिएका थिए । गाउँपालिकाकाे आयोजना तथा मल्टीसेक्टर इन्जिनियरिङ कन्सलटेन्सी शान्तिनगर दाङको प्रविधिक सहयोगमा सञ्चालित तालिममा १५ जना महिलाहरुकाे सहभागीता रहेको थियोे।भने तालिमकाे प्रशिक्षकमा सुनी चाैधरी रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे