नुन लगायतका खाद्यवस्तुमा गरेको मुल्य वृद्धि फिर्ता लिन नागरिक समाज दाङको आग्रह



नुन लगायतका खाद्यवस्तुमा गरेको मुल्य वृद्धि फिर्ता लिन नागरिक समाज दाङको आग्रह

भालुवाङ २१ असार । नुन लगायतका अति आवश्यकीय खाद्यवस्तुमा सरकारले गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिन नागरिक समाज दाङले आग्रह गरेको छ ।

समाजका दाङ जिल्ला संयोजक निमबहादुर थापा र सचिव नारायण प्रसाद श्रेष्ठले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गरी भर्खरै नेपाल सरकारले नुन लगायतका अति आवश्यकीय खाद्यवस्तुको मूल्य वृद्धि गरेको प्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बेरोजगार नागरिकहरु खाइ नखाई दुख सुख वर्षे खेतीमा लागेकाे बेला खाद्यबस्तुमा मूल्य वृद्धि हुनु दुखद पक्ष रहेको नागरिक समाज दाङको ठहर छ । मूल्यवृद्धि यथासिघ्र फिर्ता लिन सम्बद्ध सरोकारवाला निकाय समक्ष नागरिक समाज दाङ देउखुरी विशेष आग्रह समेत गरेको छ । साथै यस बिषयमा व्यापार संघ÷संस्थाहरुको यथासिघ्र ध्यानाकृष्ट गराएको छ ।

यसै बीच नागरिक समाजले देशमा मनसुन भित्रिएसंगै पहाडी भूभाग रोल्पा, रुकुम, सल्यान, प्यूठान, दाङ र गुल्मी तथा बाग्लुङको पश्चिमी भागमा अबिरल बर्षात भइरहेको सन्दर्भमा बाढी, पहिरो र डुवानबाट हुन सक्ने क्षेति प्रति नागरिक समाज दाङको ध्यानाकर्षण भएको छ । यस क्षेत्रका राप्ती बबई लगायत अन्य साना ठूला नदी खोला तथा खहरे बढीरहेका छन् । विभिन्न स्थानमा पहिरो गएको, यातायात अवरुद्ध भएको र बाढी पसेका खबरहरु बाहिर आएका छन् । त्यसैले यस्तो अवस्थामा मानवीय र भौतिक नोक्सानी हुन नदिन सबैमा सचेत रहन आह्वान समेत गरेको छ । विपत व्यवस्थापन जिल्ला समिति, स्थानीय सरकार, विपत प्रतिकार्यमा अभ्यस्त सामाजिक संघ÷संस्थाहरु, सुरक्षा निकाय, राजनीतिक दलका कार्यकर्ताहरु र सबै जिल्लाबासी नागरिकहरुमा होसियार रहन समेत नागरिक समाजले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे