नयाँ सत्ता समिकरणले लुम्बिनी प्रदेशसभाकाे बैठक प्रभावित, असार २३ गतेकाे बैठक स्थगित



नयाँ सत्ता समिकरणले लुम्बिनी प्रदेशसभाकाे बैठक प्रभावित, असार २३ गतेकाे बैठक स्थगित

भालुवाङ २१ असार । केन्द्रमा सत्ता फेरिएपछि पूर्वनिर्धारित लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनका लागि २४ औं बैठक स्थगित भएको छ ।

२०८१ असार २३ गते आइतवार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सुचनामा उल्लेख छ ।

सभामुख तुलाराम घर्तीमगरले अर्काे सुचना प्रकाशन नभएसम्मका लागि लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम स्थगित गरिएको पुनले जानकारी दिए । कांग्रेस–एमाले सत्ता समीकरण भएपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे