इप्रका गढवाको कार्यालय प्रमुखमा तेस्रो पटक पनि महिला, कानुन अनुसार काम गर्छु : कार्की 



इप्रका गढवाको कार्यालय प्रमुखमा तेस्रो पटक पनि महिला, कानुन अनुसार काम गर्छु : कार्की 

देउखुरी ६ जेठ । इलाका प्रहरी कार्यालय गढवामा नयाँ प्रहरी प्रमुखको रूपमा प्रहरी निरिक्षक कालिका कार्की आएकी छिन् ।

तस्बिरहरू- आलोक भावुक

गढवामा तेस्रो पटक पनि कार्यालय प्रमुखको रूपमा महिला प्रहरीको आगमन भएको छ । हालै सो कार्यालयबाट महिला निरिक्षक नवीन वलीको काठमाडौं रानीपोखरीमा सरूवा भएपछि सो ठाउँमा नेपाल प्रहरी प्रधान कार्यालयको सचिवालय काठमाडौंबाट कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न महिला प्रहरी निरिक्षक कार्की गढवा आएकी हुन् । कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरिक्षक कार्कीले आइतबार देउखुरी क्षेत्रका पत्रकारहरू सँग परिचायात्मक कार्यक्रम सँगै शान्ति सुरक्षाका विषयमा छलफल गरेकी छिन् । छलफलका क्रममा पत्रकारले उठाएका सवालमा कार्कीले पत्रकार र स्थानीय सरोकारवाला सँग सहकार्य गरेर शान्ति सुरक्षा कायम गर्न र अपराधीक क्रियाकलापलाई रोक्न कानुन अनुसार काम गर्ने बताएकी छिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका सहसचिव दशरथ घिमिरे, सदस्य दुखहरण यादव, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, दाङ समाचार डटकमका प्रियास्मृती गजमेर, सिधापत्र डटकमका संचालक तथा प्रबन्ध निर्देशक मेगमन बुढा,  निर्देशक भानु जोशी, गणतन्त्र नेपाल डटकमका कार्यकारी सम्पादक आलोक भावुक, गोरक्ष राष्ट्रिय दैनिकका टेकबहादुर पुन, नयाँ युगबोध राष्ट्रिय दैनिकका शिवराज पन्थी, सिस्ने अनलाइनका श्रवण यादव, पत्रकार मोतीराम भट्टराई लगायतले आफ्नो विचार राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे