देशमा बलियाे राजनीतिक शक्तिकाे आवश्यक छ : एमाले महासचिव पाेख्रेल



देशमा बलियाे राजनीतिक शक्तिकाे आवश्यक छ : एमाले महासचिव पाेख्रेल

दाङ ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले देशमा राजनिती अस्थिरता राेक्न बलियाे राजनितिक शक्तिकाे आवश्यक रहेकाे बताएका छन् ।

नेकपा एमाले दाङको आइतवार देखि शुरू भएकाे १४ औँ अधिवेशनको उद्घाटन गर्दै महासचिव पाेख्रेलले यस्ताे बताएका हुन् । उनले देशमा अब एमालेकाे नेतृत्व बिना देशले निकास नपाउने बताउँदै महासचिव पाेख्रेलले देशमा एमाले मात्र एक बलियाे राजनितिक शक्ति भएकाेले एमालेकाे नेतृत्वमा मात्र जनताका चाहना र निराशालाई अन्त्य गर्न सक्ने सार्मथ्य भएकाे ठाेकुवा गरे । महासचिव पाेख्रेलले जिल्लामा काे नेता बन्ने बिषयमा अलमल गर्न हुने भन्दै राष्ट्रिय राजनितीमा दाङकाे भूमिकालाई कस्ताे बनाउने भन्ने बिषयमा दाङका नेता, कार्यकर्ताहरू केन्द्रित हुन निर्देशन दिए । साथै उनले दाङबाटै एमालेलाई राष्ट्रिय राजनितिमा बलियाे शक्तिकाे रूपमा स्थापित गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतकाे अध्यक्षतामा भएकाे अधिवेशन उद्घाटन समाराेहलाई नेकपा एमालेका पाेलिटब्यूराे सदस्य शान्ता चाैधरी, पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज चेतनारायण आचार्य र पार्टीका लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य लगायतका बक्ताले सम्बाेधन गरेका थिए । अधिवेशनमा एमाले जिल्लाका १४ हजार २ सय ५९ पार्टी सदस्यबाट छनोट भएर आएका प्रतिनिधिलाई अधिवेशनमा सहभागी भएका छन् । जसमा १ सय ८३ जना महिला सदस्य, १ सय ४३ जना दलित सदस्य, ३ सय ७३ जना पुरुष सदस्य, अधिवेशनको अनुसुची १ अनुसार ५० जना र अनुसूची २ अनुसार ३९ जना गरी ७ सय ८८ जना अधिवेशन प्रतिनिधि सहभागी भएकाे पार्टीले जनाएकाे छ । यसैबीच एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङको १४ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको तयारी गरिएको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि जिल्लामा रहेका पोलिटब्युरो देखि केन्द्रीय सदस्यले कसरत गरिरहेका छन् । नेतृत्व चयनको जिम्मा पोलिटब्युरो सदस्य नरूलाल चौधरी र केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई दिइएको छ । स्रोतका अनुसार उनीहरूले पदाधिकारीको खाका बनाएर महासचिव पोखरेललाई बुझाएका छन् । जसअनुसार अध्यक्षमा पूर्वप्रदेश कमिटी सदस्य शिवकुमार आचार्य, उपाध्यक्षमा धुपनारायण चौधरी, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा मानबहादुर रावत र महिला उपसचिवमा हुमा डिसीको नाम छ । यसमा सबै केन्द्रीय सदस्यले सहमति जनाएका छन् । तर, सचिवमा प्रस्तावित बुढाथोकीले अध्यक्ष नछाड्ने अडानमा छन् । यदि बुढाथोकीले अध्यक्ष नछाडेमा उनीसँग वर्तमान अध्यक्ष हुकुम बस्नेतलाई चुनाव लडाउने तयारी गरिएको बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे