ज्योतिष्मती विद्यापीठ लमहीमा निर्वाचन : विपिन पन्थी कप्तानमा र हिमाल खनाल उपकप्तानमा विजय



ज्योतिष्मती विद्यापीठ लमहीमा निर्वाचन : विपिन पन्थी कप्तानमा र हिमाल खनाल उपकप्तानमा विजय

भालुवाङ ५ जेठ । दाङ देउखुरीको लमहीमा रहेको ज्योतिष्मती विद्यापीठमा संसदीय प्रणालीको झझल्को दिने गरी प्रत्यक्ष निर्वाचन गराई कप्तान र उपकप्तानको चयन गरिएको छ ।

शिक्षण सिकाईमा विद्यार्थीहरूको अनिवार्य सहभागिता हुनुपर्ने मान्यताका साथ निर्वाचन प्रणाली मार्फत कप्तान र उपकप्तान चयन गरिएको र निर्वाचनमा भाग लिन पाउँदा विद्यार्थीहरु समेत खुसी भएको विद्यालयका प्रिन्सिपल नारायण प्रसाद भुसालले जानकारी दिएका छन् । शुक्रवार भएकाे निर्वाचनमा १७४ मत ल्याएर कक्षा १० का विपिन पन्थी कप्तानमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी आयम ज्ञवालीले १३१ मत ल्याएका छन् । पन्थीले ज्ञवालीलाई ४३ मतले हराउँदै विजय भएका हुन् । त्यस्तै सह कप्तानमा हिमाल खनालले ९९ मत ल्याएर विजय भएको विद्यालयका प्रिन्सिपल भुसालले जानकारी दिएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी पुर्णिमा पौडेलले ८७ ल्याएका थिए । १÷१ जना कप्तान र उपकप्तानका लागि ८÷८ जनाको उम्मेदवारी परेको थियो । कुल ४८५ जना मतदाता मध्ये ४६१ मत खसेको थियो भने ६ मत बदर भएको विद्यालयका प्रिन्सिपल भुसालले जानकारी दिएका छन् । विजेताहरुलाई विद्यालयका प्रिन्सिपल भुसालले टिका, खाँदा लगाएर स्वागत तथा बधाई दिएका थिए । भने निर्वाचन सम्पन्न गराउन सक्रिय भुमिका निर्वाह गर्ने निर्वाचन समिति, शिक्षक स्टाप, उम्मेदवारहरु र मतदाता विद्यार्थीहरुलाई प्रिन्सिपल भुसालले धन्यवाद ज्ञापन गरेका थिए ।

विजय उम्मेदवारहरुलाई आइतवार पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रिन्सिपल भुसालले बताएका छन् । ४ कक्षा देखि १० सम्मका विद्यार्थीले मतदानमा भाग लिएका थिए । पाठ्यक्रममा रहेको निर्वाचन सम्बन्धी विष्यवस्तुको प्रयोगात्मक ज्ञान दिलाउन र विद्यार्थीहरुमा नेर्ततव तथा क्षमता विकास गराउने उद्देश्यले विद्यार्थी नेतृत्वका लागि कप्तान र उपकप्तानको निर्वाचन गराएको विद्यालयका प्रिन्सिपल भुसालले जानकारी दिएका छन् । निर्वाचन समितिको संयोजकमा सहायक प्रिन्सिपल ईश्वरी पोडेल र सदस्यहरुमा शिक्षक बसन्त पाण्डेय, कृष्ण केसी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे