राप्ती गाउँपालिकाद्वारा दुर्गमका विपन्न ४३ घरपरिवारलाई निशुल्क सोलार वितरण



राप्ती गाउँपालिकाद्वारा दुर्गमका विपन्न ४३ घरपरिवारलाई निशुल्क सोलार वितरण

देउखुरी ४ जेठ । दाङको राप्ती गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको सल्ले, छुचुन्द्रे र अन्तरे गाउँका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ।

गाउँपालिकाले वडा ९ अन्तर्गत पर्ने उक्त गाउँका विपन्न ४३ परिवारलाई सोलारबत्ती वितरण गरेको हो। गाउँपालिकाको वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई सोलार बत्ती वितरण गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । पालिकाले विद्युत विस्तार गर्न बाँकी रहेको गाउँका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई २० वाट क्षमताका साेलार वितरण गरेको हाे।

सोलार वितरण पछि स्थानीयहरुकाे दैनिक जीवनयापनमा सहज हुने वडा नम्बर ९ का अध्यक्ष रिम बहादुर सुनारी मगरले बताए । राप्ती गाउँपालिका लगायत छिमेकी पालिकाहरुलाई पूर्ण रुपमा विद्युतीकरण गर्ने उदेश्यले पालिकाकाे वडा नम्बर २ लालमटियामा विद्युतीय सब स्टेसन निर्माण प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे