आदर्श नमुना मावि लालमटियामा निर्वाचन : सुशील गिरी कप्तानमा र रेनिशा चाैधरी उपकप्तानमा विजय



आदर्श नमुना मावि लालमटियामा निर्वाचन : सुशील गिरी कप्तानमा र रेनिशा चाैधरी उपकप्तानमा विजय

भालुवाङ ४ जेठ । दाङ देउखुरीकाे राप्ती गाउँपालिका-२ मा रहेको आदर्श नमुना माविमा संसदीय प्रणालीकाे झझल्काे दिने गरी प्रत्यक्ष निर्वाचन गराई कप्तान र उपकप्तानको चयन गरिएकाे छ ।

शिक्षण सिकाईमा विद्यार्थीहरूकाे अनिवार्य सहभागिता हुनुपर्ने मान्यताका साथ निर्वाचन प्रणाली मार्फत कप्तान र उपकप्तान चयन गरिएकाे छ । निर्वाचनमा १६२ मत ल्याएर कक्षा १० ए का सुशील गिरी कप्तानमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी कक्षा ९ बी का प्रेमलाल चाैधरीले ११७ मत ल्याएका छन् । गिरीले चाैधरीलाई ४५ मतले हराउँदै विजय भएका हुन् । त्यस्तै सह कप्तानमा कक्षा ९ ए का रेनिशा  चाैधरीले २१९ मत ल्याएर विजय भएको प्रमुख निर्वाचन आयुक्त किरण पोख्रेलले जानकारी दिएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी कक्षा १० ए का नारायण चाैधरीले १३७ ल्याएका छन् । रेनिशाले नारायणलाई ८२ मतले हराउँदै विजय भएको प्रमुख निर्वाचन आयुक्त पोख्रेलले जानकारी दिएका छन् ।  १ जना कप्तानका लागि १० जना र १ जना उपकप्तानका लागि ७ जनाको उम्मेदवारी परेको थियो । कुल ८५७ जना मतदाता मध्ये कुल ७३५ मत खसेको थियो भने ५४ मत बदर भएको प्रमुख  निर्वाचन आयुक्त पोख्रेलले जानकारी दिएका छन् । विजेताहरुलाई निर्वाचन आयुक्त तथा अधिकृतहरूले टिका लगाएर स्वागत तथा बधाई दिएका थिए । ६ कक्षा देखि १० सम्मका विद्यार्थीले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे