सिरिन भ्यालीमा निर्वाचन : खिमबहादुर मल्ल कप्तानमा र अनिस चाैधरी सह कप्तानमा विजय



सिरिन भ्यालीमा निर्वाचन : खिमबहादुर मल्ल कप्तानमा र अनिस चाैधरी सह कप्तानमा विजय

भालुवाङ ४ जेठ । दाङ देउखुरीकाे राप्ती गाउँपालिका-४ माैरीघाटमा रहेको सिरिन भ्याली पब्लिक स्कुलमा संसदीय प्रणालीकाे झझल्काे दिने गरी प्रत्यक्ष निर्वाचन गराई कप्तान र उपकप्तानको चयन गरिएकाे छ ।

शिक्षण सिकाईमा विद्यार्थीहरूकाे अनिवार्य सहभागिता हुनुपर्ने मान्यताका साथ निर्वाचन प्रणाली मार्फत कप्तान र उपकप्तान चयन गरिएकाे छ । शुक्रबार भएको निर्वाचनमा १५२ मत ल्याएर कक्षा १० का विद्यार्थी खिमबहादुर मल्ल कप्तानमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी सोही कक्षाकै अनुष्का चाैधरीले १३९ मत ल्याएकी छिन् । मल्लले चाैधरीलाई १३ मतले हराउँदै विजय भएका हुन् । त्यस्तै कप्तान तर्फ अप्रिसा केसीले ८४ मत ल्याएकी छिन् । त्यस्तै सह कप्तान तर्फ कक्षा कक्षा १० की विद्यार्थी अनिस चाैधरीले १४६ मत ल्याएर विजय भएको निर्वाचन अधिकृत दिलिपराज वलीले जानकारी दिएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी कक्षा ८ बी का विद्यार्थी संगम थापाले ७२ ल्याएका छन् । चाैधरीले थापालाई ७४ मतले हराउँदै विजय भएको निर्वाचन अधिकृत वलीले जानकारी दिएका छन् । त्यस्तै उपकप्तान तर्फ कक्षा ८ बी का विवश उचही मगरले ३३ मत, कक्षा ९ ए का सुडिस परियारले ३७ मत, कक्षा ८ ए का विश्वदिप थापाले २५ मत र कक्षा ९ बी का सुस्मिता परियारले ५६ मत ल्याएका छन् । १ जना कप्तानका लागि ३ जना र १ जना उपकप्तानका लागि ६ जनाको उम्मेदवारी परेको थियो । कुल ४१९ जना मतदाता मध्ये दुवै तर्फ कुल ३८३/३८३ मत खसेको थियो भने कप्तान तर्फ ३७७ मत सदर ६ मत बदर र उपकप्तान तर्फ ३८० मत सदर, ३ मत बदर भएको निर्वाचन अधिकृत वलीले जानकारी दिएका छन् । विजेताहरुलाई निर्वाचन अधिकृत वलीले टिका लगाएर स्वागत तथा बधाई दिएका थिए । ४ कक्षा देखि १० सम्मका विद्यार्थीले मतदानमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे