दाङको गुरुकुल एकेडेमीमा निर्वाचन प्रकृयाद्धारा कप्तान तथा उप-कप्तान छनोट



दाङको गुरुकुल एकेडेमीमा निर्वाचन प्रकृयाद्धारा कप्तान तथा उप-कप्तान छनोट

घोराही ३० बैशाख । दाङको गुरुकुल एकेडेमीमा कप्तान छनोटको लागि निर्वाचन सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराही, तुलसिपुर र लमहिमा निर्वाचन प्रकृयाबाट कप्तान तथा उप कप्तान छनोट गरीको हो । कप्तान तथा उप कप्तान छनोटको लागि विद्यालयका विद्यार्थिहरुले मतदान गरेका हुन् ।

मतदान मार्फत गुरुकुल एकेडमी घोराहीमा कप्तानमा कक्षा १० का कुन्दन केसी निर्वाचित भएका छन् भने उप-कप्तानमा प्रक्क्षित खड्का निर्वाचित भएका हुन् । जम्मा ३ सय १ मत खसेकोमा  २ सय ६४ मत सदर भएको थियो भने ३७ मत बदर भएको थियो । सदर मतबाट १७३ मत लिएर कप्तानमा कुन्दन बिजयी भएका हुन् भने १०४ मत प्रक्क्षित खड्का उप कप्तानमा निर्वाचित भएका हुन् ।

गुरुकुल एकेडेमी घोराहीको सदन कप्तानमा सफाएर समुहको लागि कप्तानमा सहज बिएम र उप कप्तानमा सद्गुन थापा निर्वाचित भएका छन यस्तै रुवि समुहको कप्तानमा निसान बिष्ट र उप कप्तानमा रोनिम वली , टोप्याज समुहको लागि कप्तानमा परी महरा र उप कप्तानमा सुसिल राणा र इमरल्ड समुहको लागि कप्तानमा प्रिगेन्द्र बस्नेत निर्वाचित भए भने उप कप्तानमा सचिन भन्डारी निर्वाचित भएको गुरुकुल एकेडेमीका कल्चर प्रमुख भुगोल कुवँरमगरले जानकारी दिए ।

यसैगरी गुरुकुल तुलसीपुरमा विद्यालय कप्तानमा कक्षा ९ बाट मारकल वली विजयी भएका छन भने उप कप्तानमा कृष्टि सुबेदी निर्वाचित भएकी छिन् । जम्मा ८२ मत खसेकोमा ६८ मत कप्तान मारकल र  ४८ उप-कप्तान कृष्टिले प्राप्त गरेका थिए भने रुवि समुहमा कप्तानको लागि विगम केसी, उप-कप्तानमा करण विष्ट, सफाएर समूहमा कप्तानको लागि सुदर्शन हमाल र उप-कप्तानमा कृष्णा थापा, टाप्याज समूहको लागि कप्तानमा दिपेक्षा बुढाथोकी र उप-कप्तानमा प्रियन्सा योगी र इमरल्ड समुहमा कप्तानमा अभिनव रजौरे र उप-कप्तानमा अनुसा डाँगी निर्वाचित भएको गुरुकुल एकेडेमी तुलसीपुरकी अनुशासन प्रमुख चिन्तना धितालले जानकारी दिए ।

यसैगरी गुरुकुल लमहीमा विद्यालय कप्तानमा ज्योतिराधित्या चौधरी ५२ मतका साथै निर्वाचित भइन भने आदित्य चौधरी ४५ मतका साथ उप-कप्तानमा निर्वाचित भएका छन । यसैगरी सदन कप्तानमा जखेरा हरीयो सदनको लागि कप्तानमा जानकी पुन मगर र उप-कप्तानमा स्मित भुषाल, राप्ती निलोमा कप्तान कृतिका गिरी र उप-कप्तान आदित्य चौधरी, रिहार रातोमा कप्तान त्रिषना सुबेदी र उप-कप्तानमा आयोग देभकोटा निर्वाचित भए भने रत्ननाथ पहेलोमा कप्तान सुदर्शण कार्की र उप-कप्तानमा पुजा चौधरी निर्वाचित भएको गुरुकुल एकेडेमी लमहीका शैक्षिक निर्देशक निमानन्द गैरेले जानकारी दिए । यो निर्वाचन प्रकृयाबाट विद्यार्थिहरुलाई सम्पूर्ण निर्वाचन सम्बन्धी जानकारी समेत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे