लुम्बिनी सहित आज गण्डकी, बागमती र कर्णाली प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना



लुम्बिनी सहित आज गण्डकी, बागमती  र कर्णाली प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौँ ३० बैशाख । आज लुम्बिनी सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाे छ । अहिले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभाव अहिले देशका विभिन्न प्रदेशमा देखिएकाे छ ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे